Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङ पालुङ घर बताउने महिला इलाममा फेला परिन्

Tistung-1588474646.jpg

आफ्नो नाम विर्ची तामाङ स्याङ्देन बताउने महिला इलाममा फेला परेकी छिन् । मकवानपुरको टिष्टुङ पालुङ क्षेत्र आफ्नो घर भएको उनी बताउँछिन् । सो क्षेत्रको ‘खोर्छाते डाँडा’ को उनी पटक पटक नाम लिन्छिन् । 

आफ्नो ५ छोरा र ५ छोरी जन्माएको तर कोहिको चाहि मृत्यु भइसकेको उनी बताउँछिन् । आफ्नो छोराको नाम सुमन र आइत मात्र उनी सम्झन्छिन् भने सुनिता र सुमी आफ्नो छोरी भएको उनी बताउछिन् । १८ महिनादेखि अलपत्र परेको उनी बताउछिन् । आफुलाई आफ्नो छोरा छोरीकोमा पु¥याइदिन उनी अनुरोध गर्छिन् ।

उनको बोलीको लवज तामाङ भाषीजस्तै छ । अङ्ग्रेजी भाषाको स्मल एम को ट्याटु उनको चिउडो र हातमा छ । सुर्योदय नगरपालिकाले १४ दिनसम्म उनलाई क्वारेन्टाइनमा राखेर हाल माईभगवती बृद्धआश्रम इलाममा राखिदिन अनुरोध गरेको आश्रमकी अध्यक्ष विष्णु दहाल लिम्बुले बताइन् । वैशाख १६ गते उनलाई आश्रममा ल्याइएको हो । उनले भनिन्, ‘ति महिलाको सम्झने क्षमता गुमेको जस्तो देखिन्छ । छोराछोरी वा आफन्त सम्पर्कमा आएर उपचार गरिदिए हुन्थ्यो । ईलामबाट सारदा घिमिरे, सम्पर्क नम्बर, ९८४२७४१०००  ।

-टिष्टुङपालुङबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०