Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङ-पालुङमा १२ वर्षपछि हिउँ फर्क्यो

Tistung-1551335891.jpg

मकवानपुरको उत्तरी क्षेत्र हिउँले सेताम्मे भएको छ । उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ, शिखरकोट, पालुङ चित्लाङलगायतको क्षेत्रका हिउँ परेको हाे । 

दामन सिमभन्ज्याङमा एक महिना अघि पनि हिउँ परेको थियो । तर शिखरकोट, पालुङ, चित्लाङकोमा हिउँ परेका थिएन । थाहा नगरपालिकाको तल्लो भागमा समेत एक फिट भन्दा बढी हिउँ परेको छ भने दामन सिमभन्ज्याङमा तीन फिट बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् ।

हिउँ परेकाले उत्तरी क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् । थाहा नगरपालिकाको शिखरकोट, पालुङ र चित्लाङ क्षेत्रमा १२ वर्षपछि हिउँ परेको शिखरकोटका शुकदेव रायमाझीले बताए ।

'२०६३ साल फागुन ४ गते यसरी नै हिउँ परेको थियो' रायमाझीले भने । हिउँका कारण उत्तरी क्षेत्रको जनजीवन कष्टकर वनेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०