nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ खाप्लुङमा बन्यो लैङ्गिकमैत्री स्नानगृह

DSC02904-1474189883.jpg

टियरफण्ड/राडो नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मकवानपुरको टिष्टुङ गाविस वडा नम्बर १ खाप्लुङमा स्नानगृहको उपभोक्ता समितिलाई हस्तान्तरण भएको छ । लैङ्गिकमैत्री स्थानगृहको टिष्टुङ गाविसका सचिव राजेन्द्र प्रसाद चौलागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हस्तान्तरण गरिएको हो । राडो नेपालको करिब २२ हजार र उपभोक्ताहरुको नगद ४५ हजारको लागतमा आयोजना निर्माण भएको राडो नेपालका प्राविधिक रामप्रसाद सापकोटाले जानकारी दिए ।
कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति टिष्टुङ–१ खाप्लुङका अध्यक्ष बाइला बलको सभाध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथी खानेपानी उपभोक्ता महासंघकी अध्यक्ष रुपा खुलाल गोले रहेकी थिइन् । कार्यक्रममा राडो नेपालका कार्यक्रम प्रबन्धक हरेराम वाग्ले, राडो नेपालका प्राविधिक रामप्रसाद सापकोटा, लगायतले स्थानगृहको दीगोपना र व्यवस्थापनका लागि समुदाय उत्तिकै सक्रिय हुनको लागि आग्रह गरेका थिए ।
स्नानगृह निर्माण भएपश्चात् खानेपानीको सुविधा पनि सुलभ भएकोले खाप्लुङबासीले खुशी व्यक्त गरे । उनीहरुले राडो नेपाल र टियरफण्डप्रति आभार व्यक्त गर्दै सहयोग गरिरहन आग्रह गरे ।