Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङमा ८ करोड ९२ लाख लागतको विद्यालय भवन शिलान्यास

मकवानपुर थाहा नगरपालिका वडा नं. ११ मा रहेको बागेश्वरी माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । मकवानपुर प्रतिनीधिसभा–२ का सांसद विरोध खतिवडाले ८ पौषमा एक समारोहकाबीच ३१ कोठे उक्त विद्यालय भवनको शिलान्यास गरेका छन् । 

वि.सं. २०७२ सालको विनासकारी भुकम्पबाट क्षति भएको बागेश्वरी माध्यमिक विद्यालयको नयाँ भवनको लागि जाइकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने थाहा नगरपालिका ११ नम्बर वडा अध्यक्ष किरणमान बलले जानकारी दिए । विद्यालयका लागि जाइकाले ८ करोड ९२ लाख रुपियाँ सहयोग गर्ने अध्यक्ष लामाले बताए । 

विद्यालय भवन शिलान्यास कार्यक्रममा मन्तव्य व्यक्त गर्दे प्रतिनीधिसभा सांसद विरोध खतिवडा तथा अतिथीहरु । फोटो सौजन्य: किरणमान बल

प्रतिनीधि सभा सांसद विरोध खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशेष अतिथि प्रदेशसभा सदस्य कुमारी मोक्तान रहेकी थिइन् । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, वडा नंं ११ का अध्यक्ष किराणमान बल, १२ का अध्यक्ष मान बहादुर स्याङ्तान, टोल विकास संस्थाहरुको तर्फबाट मंगल बहादुर मोक्तान, संघसंस्थाको तर्फबाट भोला राउतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय भवन शिलान्यास कार्यक्रममा मन्तव्य व्यक्त गर्दे प्रदेशसभा सांसद कुमारी मोक्तान तथा अतिथीहरु । फोटो सौजन्य: किरणमान बल

कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष महेश बर्तौला, थाहा–३ का वडा अध्यक्ष राजेश केसी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख धुव्र प्रसाद सिलवाल तथा स्थानीय संघसस्थाका प्रमुख एवं प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम वाइवाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा विद्यालयका छात्रछात्राले साँस्कृति कार्यक्रम समेत गरेका थिए ।

विद्यालय भवन शिलान्यास कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित नृत्य गर्दै विद्यार्थीहरु । फोटो सौजन्य किरणमान बल

विद्यालयमा भवन निर्माणको साथै छात्र छात्रा भिन्दा भिन्दै शौचालय निर्माण, विद्यालय कम्पाण्ड, खानेपानीलगायतको पूर्वाधार निर्माण हुने अध्यक्ष बलले जानकारी दिए ।