Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङमा ८७ जनको निःशुल्क स्वास्थ्य परीक्षण

Health-camp-1575168206.jpg

नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग तथा थाहा नगरपालिका टिष्टुङ स्वासथ्य चौकीको व्यवस्थापनमा निःशुल्क स्वासथ्य शिविर सम्पन्न भएको छ । 

थाहा नगरपालिका वडा नं. ११ टिष्टुङ स्वासथ्य चौकीमा भएको शिविरमा ८७ जनाले सेवा लिएकाछन् । शिविरमा ३८ जनामा यौन सम्बन्धी समस्या देखिएको थियो भने २४ जनाले परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट राखेका छन् र १ जनाले आइ.यु.सि.डि. राखेको थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए । 

शिविरमा आएका विरामीहरुको स्वासथ्य परीक्षण नेपाल परिवार नियोजन संघ मकवानपुरको मेडिकm टिमले गरेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०