Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङको पर्यटकीय स्थल मूलाबारी चौरमा झण्डोत्तोलन

मकवानपुर थाहा नगरपालिका वडा नं. ११ मा रहेको मूलाबारी चौरमा झण्डोत्तोलन गरिएको छ । थाहानगरको पर्यटकीय गन्तव्य रुपमा रहेको उक्त चौरमा १७ मंसिरमा थाहानगरका मेयर लवशेर विष्टले झण्डोत्तोलन गरेका हुन् । मेयर लवशेर विष्टको प्रमख आतिथ्यमा भएको कार्यक्रममा अतिथीहरुलाई थाहा नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष शशीधर सुवेदीले स्वागत गरेका थिए । 

कार्यक्रमको अवसरमा मूलाबारी चौरको ऐतिहाँसिकताको विषयमा स्थानीय ज्ञानचन्द्र शिकारीले गराएका थिए । वडा नं। ११ का वडा सचिव सुदिपकुमार कँडेलले संचालन गरेको कार्यक्रम वडा नं. ११ का वडा अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, वडा नं। १२ का वडा अध्यक्ष मान बहादुर स्याङ्तान, कार्यपालिकाका सदस्यहरु तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०