Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

टायलघरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

accident-tialghar-1483012188.jpg

धादिङको नौविसे नागढुङ्गा सडकखण्ड अन्तर्गत टायरघरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा विहिबार दिउँसो मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलले ओभरटेग गर्ने क्रममा ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक जुम्ला रारालिहि–४ का जय बहादुर राउत रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार बैतडी घर बताउने मायाँ रोकाय घाइते भएकी छन् ।

 काठमाण्डौतर्फ जाँदै गरेको लु ३० प ९१२४ नम्बरको मोटरसाइकल ओभरटेग गर्ने क्रममा सोही तर्फ जाँदै गरेको ना ५ ख ५६५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनाका घाइते रोकायलाई उपचारको लागि काठमाण्डौ लगिएको प्रहरीले जानकारी दिएको समाचार पाविल न्यूजले प्रकाशन गरेकाे छ । 



accident-tialghar-1483012197.jpg