Tuesday, 8th September, 2026
वि.स.

जोनले दियो किसानलाई ५० प्रतिशत अनुदानमा कृषि चुन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई तरकारी जोनको सहयोगमा ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको छ । चुन ढुवानीमा भने शत्प्रतिशत अनुदान दिइएको हो । 

जोनले थाहा नगरपालिकाको वडा नम्बर १, २, ३, ६, ७, ८ र ९ तथा इन्द्रसरोवर गाउँपालिकाको विभिन्न वडाका किसानहरुलाई अनुदानको कृषि चुन वितरण गरिएको जोन संचालक समितिका अध्यक्ष सुदर्शन विष्टले जानकारी दिए । ५० किलोको बोराको चुन अनुदान वितरण गरिएको हो ।

जोनले थाहा नगरपालिका क्षेत्रमा १ हजार ८ सय र इन्द्रसरोवर गाउँपालिकामा २ सय बोरा चुन ५० प्रतिशत अनुदानमा वितरण गरिएको अध्यक्ष विष्टले जानकारी दिए ।  
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०