Tuesday, 8th September, 2026
वि.स.

जोनले दियो किसानलाई खेत जोत्ने ट्याक्टर मर्मत तालिम

Jon-1-1573440343.JPG

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) पालुङको आयोजनामा मेशिनरी औजार उपकरण मर्मत संभार तालिम थाहानगरमा शुरु भएको छ । परियोजनाको कार्यक्रम अनुसार यस अघि कृषकहरुलाई वितरण गरिएका खेत जोत्ने ट्याक्टरहरुको मर्मत तथा सर्भिसिङ सीप सम्बन्धी तालिम शुरु भएको हो ।
 
कृषकहरुलाई तरकारी जोनको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नै मर्मत संभारको तालिम दिइएको तरकारी जोन पालुङका प्रमुख कृषि विकास अधिकृत महेश्वर लामिछानेले जानकारी दिए । थाहा नगरको प्रत्येक वडाबाट पर्ने गरी १३ जना कृषकहरुलाई तालिम दिइएको जोन संचालन समितिका अध्यक्ष सुदर्शन विष्टले जानकारी दिए । 

तालिम श्रेष्ठ एग्री इन्पुट प्रा.लि.काठमाण्डौको प्राविधिक सहयोगमा थाहा नगरपालिकाको कार्यालय इन्द्रायणी चौरमा संचालन भैरहेको छ । 

जोन संचालक समितिका अध्यक्ष सुदर्शन विष्टको सभाध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारी, कृषि प्राविधिक बालकुमारी भट्टराइ, राजकुमार श्रेष्ठ, तरकारी जोनका नायक सुब्बा राजन धिमाल तथा कार्यालय सहायक लेखराज ढुङ्गानालगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जोन प्रमुख लामिछानेले कार्यक्रमको उद्देश्यको विषयमा जानकारी गराएका थिए ।
 
यसैबीच इन्द्रसरोवर गाउँपालिकाका कृषकहरुका लागि मेशिनरी औजार उपकरण मर्मत संभार तालिम भने २६ र २७ कार्तिकमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा हुने प्रमुख लामिछानेले जानकारी दिएकाछन् । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०