nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जोनको कार्यक्रम : थाहानगर र इन्द्रसरोबरका १८० टनेललाई प्लास्टिक वितरण

plastic-bitaran-1654143269.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् तरकारी जोन कार्यालय पालुङले थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका गरी ३६ कृषक समूह तथा सहकारीहरुलाई टनेलका लागि प्लास्टिक वितरण गरेको छ ।

टनेल खेती प्रविधि अन्तर्गत् टनेल निर्माणका लागि सिफारिस भएका जोनमा आवद्ध समूह र सहकारीका कृषकहरुलाई पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत् प्लास्टिक वितरण गरिएको जोनकी जेटिए प्रमिला पोखरेलले जानकारी दिइन् । ‘टनेलमा ५० प्रतिशत अनुदान हो, बाँसको टहरा कृषकहरुले निर्माण गर्दा हामीले प्लास्टिक सहयोग गरेका छौँ,’ उनले भनिन् ।

३६ रोल प्लास्टिक वितरण गरिएको र एक रोलबाट ६ गुणा २० साइजको पाँचवटा टनेललाई पुग्ने पोखरेलले बताइन् । 

तरकारी जोन कार्यालय पालुङले थाहा नगरपालिकाको १२ र इन्द्र सरोबर गाउँपालिकाको ५ वटा वडाहरुलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)