Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जोखिम र सुरक्षित क्षेत्र छुट्याएर बन्दाबन्दी लागू गर्न सुझाव

देशभर लागू गरिएको बन्दाबन्दीलाई कोरोनाभाइरस संक्रमणको हिसाबले जोखिम र सुरक्षित क्षेत्र छुट्याएर पूर्ण र आंशिक बनाउन संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सरकारलाई सुझाव दिएको छ। १२ वैशाखमा बसेको समितिको बैठकले संक्रमित देखिएको, संक्रमणको जोखिम हुनसक्ने क्षेत्र र अहिलेसम्म सुरक्षित रहेको क्षेत्र छुट्याएर त्यसै अनुसार खुकुलो पार्नुपर्ने निर्णय गरेको हो।

संक्रमित भेटिएको क्षेत्र, संक्रमणको जोखिम क्षेत्र, संक्रमण नरहेको क्षेत्र तथा साना ठूला उद्योग सञ्चालित क्षेत्र समेतको स्थान वर्गीकरण गरी बन्दाबन्दी आंशिक र पूर्ण रुपमा लागू गर्ने नीति बनाउन सुझाव दिएको समिति सदस्य उदया शर्माले जानकारी दिइन्। उनले भनिन्, "संक्रमणबाट जोगिन लकडाउन आवश्यक भए पनि देशभरि लागू गरिराखेर पनि नहुने भएकाले अब जोखिम र कम जोखिम क्षेत्रको पहिचान गरेर त्यसै अनुसार लकडाउन गर्नुपर्छ।"

साथै, महामारीको यो वेला विश्वका देशहरुमा संसद अधिवेशन कसरी संचालन गरिएका छन् भन्ने हेरेर नेपालमा पनि संसद सञ्चालन गर्नुपर्ने सुझाव पनि समितिले सरकारलाई दिएको छ। 

त्यस्तै, समितिले कृषि बाली लगाउने, बालीनाली उठाउने तथा तरकारी लगायतका उत्पादन किसानबाट संकलन, ढुवानी, वितरण व्यवस्थापन प्रणालीलाई सहज र प्रभावकारी बनाउने उपाय खोज्न पनि सुझाव दिएको छ। १५ जना सदस्य रहेको विधायन व्यवस्थापन समितिमा कामको चापका कारण आइतबार पनि बैठक बोलाइएको सदस्य शर्माले जानकारी दिइन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०