Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जोखिममा रहेका १ हजार ४३५ जना बालबालिकालाई सहयोग

विनासकारी भूकम्पपछि विभिन्न कारण जोखिममा रहेका मकवानपुरका एक हजार ४ सय ३५ जना बालबालिकालाई आर्थिक तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न सहयोग प्रदान गरिएको छ । सन् २०१५ जुलाई देखि २०१७ डिसेम्बरसम्म युनिसेफ नेपालको सहयोगमा जिल्ला बालकल्याण समिति मकवानपुरले १०३८ र बाल कल्याण समाज मकवानपुरले ३ सय ९७ जना जोखिममा रहेका बालबालिकालाई संरक्षणमा सघाउ पु¥याउने उद्घेश्यले आर्थिक तथा बालबालिकाको अभिभावकका लागि जिविकोपार्जन सहयोग प्रदान गरिएको   हो । 

भूकम्पपछि मकवानपुरको साविकका १५ वटा गाविस भीमफेदी, नामटार,चुरियामाई, शिखरपुर, फापरबारी, आमभञ्ज्याङ्, कालिकाटार, मनहरी, हाडीखोला,पदमपोखरी, धियाल, चित्लाङ्, गोगने, राइगाउँ, बेतिनीका जोखिममा रहेका बालबालिकालाई घटना व्यवस्थापन प्रकृयामार्फत आवश्यक सहयोग प्रदान गरिएको हो । परियोजनामार्फत जोखिमताको अवस्था विश्लेषण गरेर नगद पाँच हजार देखि अभिभावकलाई जिविकोपार्जनका लागि बालबालिकाको संरक्षणमा सघाउ पु¥याउन बीस हजार रुपियासम्मको सहयोग गरिएको परियोजना सञ्चालक संस्था बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरीले जानकारी दिए । 
संयोजक गिरीका अनुसार परियोजना अवधिमा मकवानपुरका विभिन्न गाउँमा जोखिममा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन, ती बालबालिकाको घटना दर्ता,पारिवारिक लेखाजोखा, स्याहार योजना निर्माण गरी आवश्यक सहयोग प्रदान गरिएको हो । जिल्ला बालकल्याण समिति मकवानपुर  र गाउँ गाउँमा रहेका स्थानीय बाल संरक्षण समितिसंगको समन्वयमा जोखिममा रहेका बालबालिका पहिचानदेखि सहयोग प्रदान गर्नेसम्मको कार्य गरिएको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए । 

भूकम्पका कारण संरक्षण आवश्यक परेका बालबालिका तथा अन्य विभिन्न कारण जोखिममा रहेका बालबालिकालाई आवश्यक सहयोग प्रदान गरेर उनीहरुको अधिकार प्रत्याभूतका लागि आफूहरुले सहजीकरण गरेको जिल्ला बाल कल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमालले बताए । ‘जाखिममा रहेका  बालबालिकाको तह अनुसार आवश्यक सहयोग गर्नका लागि हामीले सहजीकरण ग¥यौं ।’हमालले भने,‘परियोजना अवधिभरमा गरिएको सहयोग प्रभावकारी बन्दा हामीलाई पनि सफलता मिलेको अनुभूती भएको छ । ’ 

परियोजना अवधिमा गाउँमा रहेका स्थानीय बाल संरक्षण समितिलाई बाल संरक्षणको सवाल पहिचान गरी ती सवाल सम्बोधनका लागि आवश्यक कार्ययोजना तयार पार्न बाल कल्याण समाजले सहजीकरण गरेको थियो । संरक्षण समितिले तयार पारेको कार्ययोजनामार्फत बाल संरक्षणका लागि समुदायमा मासिक रुपमा जागरणमूलक कार्यक्रम सञ्चालनका लागि समेत संस्थाले आवश्यक आर्थिक सहयोग गरेको थियो ।

राज्यले लिएको नीति आत्मसात गर्दै बाल संरक्षणको क्षेत्रमा राज्यलाई सघाउ पु¥याउने उद्घेश्यले सञ्चालित परियोजना प्रभावकारी बनेको आफूले पाएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बाल कल्याण समिति मकवानपुरका अध्यक्ष चक्रबहादुर बुढाले बताए । संस्थाले परियोजना समापन गर्दै हस्तान्तरण गरेको विभिन्न उपलब्धि ग्रहण गर्दै प्रजिअ बुढाले संरक्षणको हकदार मानिने बालबालिकालाई पु¥याइएको सहयोगले गाउँगाउँमा जोखिममा रहेका बालबालिकाको भविष्य निर्माणका लागि सघाउ पुगेको बताए । बालबालिका संरक्षणको हकदार मानिने भएकाले राज्यले पनि बालबालिकाका लागि लक्षित वर्ग अन्तर्गत बजेट छुट्याउने गरेको बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०