nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जेष्ठ नागरिकको सम्मान गर्दै इन्द्रसरोवरले जाडोमा न्यानो बाँड्यो (फाेटाे फिचरसहित)

267852475_212999047670748-1640054723.jpg

पौष महिना लागेसँगै मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर गाउँपालिकामा दिनप्रतिदिन चिसो बढ्दै गइरहेको छ । पौष माघको जाडो कटाउन युवा अवस्थाका नागरिकलाई समेत हम्यहम्य पर्छ भने उमेर ढल्कँदै गएका जेष्ठ नागरिक त प्रभावित हुन्छ नै । सो सम्बन्धमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विशेष ध्यान केन्द्रित गरेर उदाहरणीय काम गरेको छ । राज्य पुनःसंरचना पछि स्थानीय सरकारको रुपमा स्थापित इन्द्रसरोवर गाउँपालिकाले सामाजिक क्षेत्रमा जेष्ठ नागरिकको सम्मान, स्वास्थ्य, सुरक्षा तथा संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिकाले “सबैको ध्यान, जेष्ठ नागरिकको सम्मान” भन्ने नारालाई आत्मसात गर्दै वार्षिक कार्यक्रम नै सञ्चालन गर्दै आएको छ । 

May be an image of 6 people, child, people standing, people sitting and outdoors

विगतका दिनदेखि जाडोको समयमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ७० वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका असहाय एकल महिला र दलित तथा “क” वर्गका अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वाथ्य परिक्षण, औंषधी र न्यानो कपडा वितरणसँगै खाजा कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिकाको अध्यक्ष जीवन लामाले बताए । जेष्ठ नागरिकको विषयमा गम्भिर भई यस सम्बन्धि योजना बनाइ इन्द्रसरोवरले नमुना कार्य गरेको उनको भनाइ छ । गाउँपालिकाले आन्तरिक बजेटको व्यवस्था गरी जेष्ठ नागरिकको कार्यक्रमलाई दिगो रुपमा जाने कार्यक्रमको रुपमा निर्धारण गरेको छ । सो कार्यक्रम अन्तर्गत इन्द्रसरोवरले यस आर्थिक वर्षमा ६ सय ६ जनालाई न्यानो कपडा वितरण गरेको छ भने करिब ३ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरेको गाउँपालिकाले जनाएको छ । 

May be an image of 3 people, people sitting, people standing, outdoors and tree

जेष्ठ नागरिकलाई न्यानो बनाउने मात्र नभई उनीहरुको स्वास्थ्यलाई समेत मध्येनजर गर्दै गाउँपालिकाले निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेको छ । यस्तो कार्यक्रमको आयोजनाले जेष्ठ नागरिकको सम्मान, जमघट र स्वास्थ्य परिक्षण मात्र नभई जेष्ठ नागरिकहरुलाई भेटघाटको अवसरका साथै स्वस्थ्य स्थिति बुझ्न र सोही बमोजिम आगामी दिनमा कार्यक्रम तथा योजना बनाउन गाउँपालिकालाई सहज हुने गाउपालिकाका उपाध्यक्ष उमा कुमारी लामाको भनाइ रहेको छ ।

May be an image of 5 people, people sitting and outdoors
गाउँपालिकाले यहि पौष १ गतेदेखि ५ गतेसम्म लगातार वडा नम्बर १ देखि ५ सम्ममा क्रमशः १ सय ४०, १ सय २४, १ सय ४७, ७७ र १ सय १८ गरी औपचारिक कार्यक्रम मार्फत नै ६ सय ६ जनालाई न्यानो कपडा अन्तर्गत ब्ल्यङ्केट वितरण गरेको हो । यस वर्षको जेष्ठ नागरिक लक्षित कार्यक्रममा गाउँपालिका भित्रका जेष्ठ नागरिक तथा “क” वर्गका अपाङ्गता भएका व्यक्तिहरुको जम्मा लक्षित संख्या  ८ सय ६६ जना रहेका छन् । औपचारिक कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरिकहरुका लागि गाउँपालिकाको ५ वटै वडाले समन्वय गरी लाभग्राही समक्ष पुर्याउने जनाएको छ । 

May be an image of 7 people and outdoors
५ वटै वडामा सञ्चालित औपचारिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले सम्मानित सम्पूर्ण जेष्ठ नागरिकहरु प्रति सुस्वास्थ्य तथा दिर्घायूको शुभकामना गर्दै गाउँपालिका सँदैब जेष्ठ नागरिकको साहारा बनेर रहने जनाएको छ ।

May be an image of 5 people, people standing and outdoors



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।