nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

जुनसुकै संस्थाले सिङ्गो गाउँपालिका केन्द्रित गरि काम गर्नुपर्ने: अध्यक्ष लामा

jivan-1557573794.jpg

गाउँपालिकामा जुनसुकै सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम गर्दा गाउँपालिका संग समन्वय गरेर सिङ्गो गाउँपालिकालाई समेतेर गर्नु पर्ने इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । राडो नेपाल मकवानपुरको आयोजनामा यहि बैशाख २७ गते सञ्चालित छलफल तथा गतिविधि सेयरिङ कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो । यस्ता संस्थाले गाउँपालिकाको विभिन्न स्थान र भेगमा मात्र केन्द्रित गरि काम तथा कार्यक्रम गर्दा गाउँपालिकाको नीति तथा योजनालाई नै प्रभाव परेको कारण खुलाउँदै कुनै पनि कामहरु गाउँपालिका संग समन्वय गरेर गाउँपालिका केन्द्रित भएर गर्नु पर्ने उनले बताए । जसका लागी गाउँपालिकाले कति लगानी गर्नु पर्छ त्यो गर्न तयार रहेको बताए । गाउँमा प्लान नेपाल, राडो नेपालले गरेका गतिविधिहरु महत्त्वपूर्ण भए पनि सहकार्य नगर्नाले गाउँपालिकालाई समस्या भएको उनले बताए । 


इन्द्रसरोवर गाउँपालिकाको वडा ४ मा रहेको कालिका मा वि  र ५ मा रहेको कालिदेवी मा वि मा गरि मकवानपुरको १० वटा विद्यालयमा निर्माण कार्य, क्षमता विकास कार्य, अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको छ भने २ वटा विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने तयारीमा रहेको छ ।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष धनविर स्याङ्तान, वडा नं ५ का वडा अध्यक्ष धनराज महर्जन, राडो नेपालका कार्यक्रम संयोजक विष्णु धिताल, प्लान नेपाल मकवानपुरका परियोजना संयोजक दिपेन्द्र सिं, वडा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
इन्द्रसरोवर गाउँपालिका वडा नं ४ को कार्यालयमा भएको कार्यक्रममा सहभागी सम्पुर्ण पक्षले राडो नेपालको गतिविधिको बारेमा धन्यवाद र सुझावहरु व्यक्त गरेका थिए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।