Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जिल्ला अदालत मकवानपुरले ४० प्रतिशत मुद्धा फछ्यौट गर्न सकेन

jila_adalat_photo_Q2DpRae-1563511859.jpg

जिल्ला अदालत मकवानपुरले एक वषको अवधिमा करिब ४० प्रतिशत मुद्दा फछ्र्यौट गर्न सकेको छैन।  आर्थिक वर्ष २०७५÷०७६ सकिँदा जिल्ला अदालतले अदालतमा दर्ता भएका दुई हजार तीन सय छ मुद्दा मध्ये एक हजार चार सय १९ मुद्दा अर्थात ६० प्रतिशत मात्रै मुद्दा फछ्यौट गरेको हो। जिल्ला अदालत मकवानपुरले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को बाँकी ६ सय ३९ मुद्दा जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरमा गत आ.व.मा एक हजार छ सय ६७ वटा मुद्दा परेका थिए। 

अदालतमा सबैभन्दा बढी देवानीतर्फ एक हजार दुई सय ६८ मध्ये सात सय ४१ फछ्यौट भई पाँच सय २७ बाँकी रहेका छन् भने फौजदारीतर्फ पाँच सय ३२ मुद्दामध्ये तीन सय ५६ फछ्यौट  भई एक सय ७६ बाँकी रहेका छन्।  त्यस्तै, सम्बन्ध विच्छेदको छ सय २५ मुद्दामध्ये चार सय ४९ मुद्दा फछ्यौट भएका छन्।  एक सय ७६ मुद्दा बाँकी रहेको जिल्ला अदालत मकवानपुरका रजिष्टार केशवराज कौशिकले बताए। सरकारवादी फौजदारीतर्फ चार सय ९८ मुद्दा परेकोमा तीन सय १८ फस्र्योट भई एक सय ८० मुद्दा बाँकी रहेको रजिष्टार केशवराज कौशिकले बताए। साथै, गत अर्थिक वर्षमा आठ पुनरावेदन परेकोमा चार मुद्दा फछ्यौट भई चार बाँकी रहेको उनले बताए।

थाहा खबरबाट