nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जब तरकारी जोनका हाकिमले एउटै कुरा दोहो¥याइहे...

aaaaa-1631184741.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् परियोजना कार्यान्वयन कार्यान्वयन इकाइ मकवानपुर, तरकारी जोनका प्रमुख कृष्णप्रसाद पौडेलले डेढ घण्टासम्म एउटै कुरा दोहो¥याइरहेपछि स्थानीय सरोकारवालाहरु आक्रोशित बनेका छन् । स्थानीयलाई पत्तै नदिई थाहा नगरपालिकाको शिखरकोटमा रहेको तरकारी जोनको कार्यालय सार्न लागिएको समाचार प्रकाशन भएपछि स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी, कृषक समूह लगायतका तीन दर्जन बढी प्रतिनिधिहरु २४ भदौमा जोन कार्यालय पुगेका थिए । कार्यालय प्रमुख कार्यालयमै रहेको मौका छोपेर पुगेका सरोकारवालाहरुलाई जोन प्रमुख पौडेलले एउटै कुरा दोहो¥याइरहे, ‘यहाँ पनि सम्पर्क कार्यालय रहन्छ, यहाँका किसानले दुःख पाउँदैनन् ।’ यसमा सरोकारवालाहरु विश्वस्त हुन सकेनन् र उनीहरुले अब एक वर्षका लागि कार्यालय सार्ने कुरा नगर्न र नसार्न आग्रह गरे । 

जति आग्रह गर्दा पनि जोन प्रमुख पौडेलले कसैको कुरा नसुनेको र पौडेलको मनस्थिति कार्यालय सार्ने नै रहेको बुझिएको जनता समाजवादी पार्टीका नेता इन्द्रबहादुर श्रेष्ठले बताए ।  कार्यालय नसार्न अनुरोध गर्दै नेकपा एमालेका कुमार नेगी, नेकपा माओवादी केन्द्रका जयराम रायमाझी, अरुण रायमाझी, नेकपा एकीकृत समाजवादीका किरणमान बल, जनता समाजवादीका श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका दिनेश विष्टसहित दुई दर्जनबढी नेता कार्यकर्ता पुगेका थिए । सो क्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश केसी, वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामा, वडा नम्बर ११ का वडा अध्यक्ष किरणमान बल, वडा नम्बर १ का वडा सदस्य रुपचन्द्र गोपाली लगायत जनप्रतिनिधिहरु पनि उपस्थित थिए । 

‘यहीँ कार्यालय रहेको ४ वर्ष भयो, ५ वर्षको परियोजना भएकोले अब एक वर्ष मुख्य कार्यालय यहीँ रहोस्, मनहरी क्षेत्रका लागि उता पनि कार्यालय खोलेर काम गर्नुुस्, त्यहाँका किसानहरुलाई पनि सहज बनाउनुपर्छ भनेर हामीले भन्यौँ, तर हाकिमले मुख्य कार्यालय सारिन्छ, सम्पर्क कार्यालय यहाँ रहन्छ भनेर दोहो¥याइरहे, यो भन्दा अर्को कुरा उहाँबाट आएन,’ नेकपा माओवादी केन्द्रका थाहानगर अध्यक्ष अरुण रायमाझीले भने । कार्यालय नसार्न केके गर्नुपर्छ, कहाँकहाँ भन्नुपर्छ र के हुँदा कार्यालय सर्दैन भन्ने कुनै उपाय त होला भन्दा पनि पौडेलले कुनै कुरा नसुनेको उनले बताए । 

सहभागीहरुले कार्यालय प्रमुख पौडेललाई विभिन्न सुझावहरु दिएर मुख्य कार्यालय नसार्न आग्रह गरेका थिए । भर्खरै सरुवा भएर आएका कार्यालय प्रमुख पौडेल जसरी पनि कार्यालय सार्ने हिसाबले आएको बुझिएको र त्यसो नगर्न हदैसम्मको प्रयास गरिने थाहाका राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । 

कार्यालय प्रमुखको चालबाजी
जोन प्रमुख पौडेल कुनै हालतमा जोन कार्यालय सार्ने मनस्थितिमा छन् । कार्यालयको लागि उनले घर नै खोजिसकेको र कुनै पनि समयमा कार्यालय सार्न सक्ने बुझिएको छ । मनहरीमा यस वर्षदेखि धान जोन थपिएकोले मुख्य कार्यालय सार्न पौडेललाई बहाना पनि भएको छ । यसको लागि उनले ‘माथिको नीति’ भन्दै आएका छन् । तर जोनको कार्यालय रहने स्थानको बारेमा कुनै नीतिगत व्यवस्था छैन । सामान्यतया कार्यक्रम संचालन भएको स्थानमा कार्यालय राख्नुपर्ने भन्ने अनुसार कहाँ कार्यालय राख्ने भन्ने विषय मकवानपुर जोनको सन्दर्भमा हाकिमकै तजबिजीमा भर पर्ने देखिएको छ । हाकिमले चाहेमा पालुङमा रहेको जोन कार्यालय नसर्ने देखिएको छ । तर घर चितवन भएको र हेटौँडासम्म मुख्य कार्यालय सार्दा घरपायक हुने  र काम गर्न सजिलो हुने भएकोले जोन प्रमुख पौडेलले कुनै पनि बेला कार्यालय सामग्री लोड गरेर लैजान सक्ने माओवादी केन्द्रका नेता अरुण रायमाझी बताउँछन् । 

कार्यालय प्रमुख पौडेललाई रिटायर्ड हुनेबेला स्थानीयको चाहनाविपरित कार्यालय सार्दा थाहानगर र इन्द्रसरोबरबासीको नजरमा सँधै नराम्रो भइएला भन्ने डर पनि छ । अन्ततः उनले के गर्छन् त्यो भने हेर्न बाँकी नै छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)