nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जन प्रतिनिधिले लिए सुशासन तालीम,
गाउँपालिकालाई सुशासनयुक्त बनाउन सकिने अध्यक्ष घर्तीको भनाई

7-1565678955.jpg


रोल्पाको सुनिल स्मृति गाउँपालिकाका जनप्रतिनिधिहरुले सुशासनको तालिम लिएका छन् । स्ट्रोम फाउन्डेशनको सहकार्यमा सहास नेपालद्धारा सुनिल स्मृति गाउँपालिकामा लागु भएको दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सीड्स) कार्यक्रम अन्तर्गत त्यहाँका जनप्रतिनिधिले २ दिने तालिम प्राप्त गरेका हुन । कार्यक्रममा गाउँपालिका अध्यक्ष,  उपाध्यक्ष, प्रमुख प्रसाशकिय अधिकृत, कृषि शाखा प्रमुख, सम्पुर्ण वडाका वडाअध्यक्ष तथा वडा सचिबहरु र गाउँपालिका भित्रका ३ वटा माध्यामिक विद्यालयका शिक्षकहरुलाई सो तालिम प्रदान गरिएको हो ।


तालिममा सुशासन प्रबद्र्धनका लागि स्थानीय स्तरमा गरिएका प्रयासहरु, असल शासन, असल शासनका आधारभुत तत्वहरु, स्थानीय सुशासन, असल शासनको महत्व, संस्कृति, भ्रष्टाचार, भ्रष्टाचार बिरुद्ध कानुनी प्रावधान, सूचनाको हक र यसको महत्व, प्रभावकारी सार्वजनिक सेवाका लागि सेवाग्राही सन्तुष्टी सर्वेक्षण र खुला सरकार विषयमा छलफल तथा प्रस्तुतिकरण गरिएको थियो । 


तालिमबाट जनप्रतिनिधि र कर्मचारी मिलेर कसरी अझ प्रभावकारी रुपमा सेवाप्रबाह गर्न री गाउँपालिकालाई सुशासनयुक्त नमुना गाउँपालिका बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षित भएको सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष श्री गुणेन्द्र घर्तीले बताए । उनले यो आर्थिक बर्षको सुरुवाति चरणमै आयोजना गरिएको उक्त तालिमका सिकाईहरु सबै सहभागिहरुले आ–आफ्नो क्षेत्रमा लागु गर्नेमा अफु विश्वस्त रहेको बताए ।    


श्रावण २६ र २७ गते २ दिन सम्म सञ्चालन गरिएको तालिमको सीड्स कार्यक्रमका अनुगमन अधिकृत प्रताप श्रेष्ठले सञ्चालन गरेका थिए भने बागेश्वरी असल शासन क्लब (बास) संस्था का कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेका थिए । 

तस्विरः प्रताप श्रेष्ठ



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)