Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जन्मदर्ता गरिदिन वडा सचिवले लिए २ लाख घुस

sachiv-1576026083.jpg

सप्तरीका एक जना वडा सचिव मंगलबार साँझ घुससहित पक्राउ परेका छन् । जिल्लाको महदेवा गाउँपालिका ६ का सचिव नमोनारायण मिश्र सदरमुकाम राजविराजबाट घूससहित पक्राउ परेका हुन् ।

राजविराज नगरपालिका २ स्थित तेतरी गाछीको एक चिया पसलमा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले मिश्रलाई घुसवापत लिएको रकमसहित पक्राउ गरेको हो ।

जन्मदर्ता बनाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिइरहेका थिए । उनको बिषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०