nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनप्रतिनीधिले भने, माथिबाट तोकेको तलब भत्ताले पुग्दै पुगेन...

काठमाडौं महानगरका जनप्रतिनिधिहरुले तलव सुविधा थोरै भएको भन्दै असन्तुष्टि जनाएको छ । महंगीअनुसार तलव सुविधा तोक्न कञ्जुस्याइँ भएको भन्दै काठमाडौं महानरपालिकाको नगरसभा बैठकले प्रदेश सरकारलाई जनप्रतिनिधिको सेवा सुविधामा वृद्धि गर्न प्रस्ताव गरेको हो ।

तलव नबढाएसम्म प्रदेश सरकारले तोकेको सेवा सुविधा नै नबुझ्ने एक वडाध्यक्षले जानकारी दिए । प्रदेश सरकारले तोकेको तलब सुविधाअनुसार महानगरका मेयरले मासिक तलव ४६ हजार रुपैयाँ पाउँछन् । महानगरले भने ५५ हजार पुर्‍याउन माग गरेको छ ।  उपमेयरको तलव ४८ हजार बनाउन प्रस्ताव गरिएको छ । अहिले ४० हजार २ सय रुपैयाँ तोकिएको छ । महानगरले वडाध्यक्षको तलव ४० हजार पर्‍याउन प्रस्ताव गरेको छ । अहिले २८ हजार मात्रै छ ।

काठमाडौं महानगरपालिकाकाले वडा सदस्यको तलव पनि बढाउन प्रस्ताव गरेको छ । हाल ७ हजार तलव बुझ्दै आएका वडा सदस्यलाई मासिक २० हजार तलव दिन प्रदेश सरकारसँग माग गरिएको एक वडाध्यक्षले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)