Sunday, 6th September, 2026
वि.स.

जनप्रतिनीधिले भने, माथिबाट तोकेको तलब भत्ताले पुग्दै पुगेन...

काठमाडौं महानगरका जनप्रतिनिधिहरुले तलव सुविधा थोरै भएको भन्दै असन्तुष्टि जनाएको छ । महंगीअनुसार तलव सुविधा तोक्न कञ्जुस्याइँ भएको भन्दै काठमाडौं महानरपालिकाको नगरसभा बैठकले प्रदेश सरकारलाई जनप्रतिनिधिको सेवा सुविधामा वृद्धि गर्न प्रस्ताव गरेको हो ।

तलव नबढाएसम्म प्रदेश सरकारले तोकेको सेवा सुविधा नै नबुझ्ने एक वडाध्यक्षले जानकारी दिए । प्रदेश सरकारले तोकेको तलब सुविधाअनुसार महानगरका मेयरले मासिक तलव ४६ हजार रुपैयाँ पाउँछन् । महानगरले भने ५५ हजार पुर्‍याउन माग गरेको छ ।  उपमेयरको तलव ४८ हजार बनाउन प्रस्ताव गरिएको छ । अहिले ४० हजार २ सय रुपैयाँ तोकिएको छ । महानगरले वडाध्यक्षको तलव ४० हजार पर्‍याउन प्रस्ताव गरेको छ । अहिले २८ हजार मात्रै छ ।

काठमाडौं महानगरपालिकाकाले वडा सदस्यको तलव पनि बढाउन प्रस्ताव गरेको छ । हाल ७ हजार तलव बुझ्दै आएका वडा सदस्यलाई मासिक २० हजार तलव दिन प्रदेश सरकारसँग माग गरिएको एक वडाध्यक्षले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०