nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जननेता मदन भण्डारीको विचारले अक्सिजन प्रवाह गर्यो : नेता पौडेल

Babu-1593356188.jpg

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालका वरिष्ठ नेता तथा पूर्व युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले विश्व समाजवादी आन्दोलनमा जननेता मदन भण्डारीको विचारले अक्सिजन प्रवाह गरी वर्तमान समयको रुपान्तरणले सार्थकता पुर्याएको बताएका छन् । 

६९औं मदन भण्डारीको जन्म जयन्ती तथा राष्टिय वृक्षारोपण दिवसको अवसरमा भव्य रुपमा भएको ‘वृक्षारोपण’ कार्यक्रममा बोल्दै नेता पौडेलले मानव जीवनमा आवश्यक अक्सिजनका लागी यी बोटबिरुवाको जती महत्व छ, त्यसै गरी विश्व समाजवादी आन्दोलनमा जननेता भण्डारीको विचारले अक्सिजन प्रवाह गरी विश्व साम्राज्यवाद र पूँजीवाद बिरुद्धको संर्घषमा उर्जाको प्रदान गरेको बताए । 

तत्कालीन नेकपा एमालेको जनताको बहुदलिय जनवादको प्रतिपाद जननेता भण्डारीको आज ६९औं जन्म जयन्ती देशभर भव्य रुपमा सम्झाना गर्दै विभिन्न प्रकारका कार्यक्रमहरु गरिएको छ । सोही अवसरमा जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं ११ अन्तर्गत त्रिभुवन राजपथमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेता एवं पूर्वयुवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलको प्रमुख अतिथ्यता वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य एवं निर्वाचन क्षेत्र नं १० का ईन्चार्ज रुपा महर्जन, नेकपा जिल्ला कमिटी सदस्य तथा चनपा वडा ११ वडा अध्यक्ष एवं चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरि भक्त महर्जन, नेकपा चन्द्रागिरी नगरका अध्यक्ष र सचिव राजु श्रेष्ठ, देब कृष्ण महर्जन, चनपा वडा नं १० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जन, चनपा वडा नं ८ का वडा अध्यक्ष सन्तोष खड्का, नेकपा चन्द्रागिरी बिभिन्न वडा कमिटी अध्यक्ष लगाएतका सम्पूर्ण वडाका सक्रिय नेकपाका कार्यकर्ता, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेता तथा युवा नेताहरु रमेश आचार्य, बाबु छत्कुली, निरेशलाल सिंह, क्षितिज थेब, अशोक चौंलागाई, मिना श्रेष्ठ, सिता सुबेदी, शिब कुमार महर्जन, रामजी सापकोटा, जय गुरूङ, रमेश पौडेल, अमित पौडेल, भाई कृष्ण बलामीलगायतका दर्जनौं युवा नेताहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकाको सहयोगमा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला युवा समिति नवलपरासीका अध्यक्ष रमेश पौडेलको र युवा नेता बाबु छत्कुलिको विशेष पहलकदमिमा भएको उक्त कार्यक्रममा विभिन्न जातका १ सय ७५ वटा बोटबिरुवाको ब्यवस्थापन सहित चन्द्रागिरी नगरका राष्ट्रिय युवा संघ नेपालका युवा नेताहरुका साथै स्थानीय जनसमुदायहरु, बिभिन्न राजनीतिक दलका नेताहरु, नेपाल प्रहरी थानकोट बृत, बिभिन्न संचार माध्यमहरुको सहभागीता रहेको थियो ।