Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनजाति महासंघलाई २ लाख ६० हजारको सामाग्री

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय  परिषद हेटौंडालाई हेटौँडा उपमहानगरपालिकाले संस्थागत बिकास लागि सामग्री सहयोग गरेको छ । 

महासंघको संस्थागत बिकासको लागि उपमहानगरपालिकाले २ लाख ६० हजार रुपैँया बराबर सामग्री हस्तान्तरण गरेको हो ।  आज हेटौंडा उपमहागरपालिकाका सामाजिक विकास महाशाखाका प्रबन्धक भिम तिमल्सिनाले ल्यापटप, प्रोजेक्टर, साउण्ड सिस्टम, टेबुल कुर्सी, ¥याक, फोटोकपी मेसिन लगाएतको सामाग्री हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर अध्यक्ष तिर्थ बहादुर थापा मगर, सल्लाहकार एवम् प्राध्यापक मधुकरसिँ गलामी मगर, सल्लाहकार नन्दरत्न स्थापित, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, थारु कल्याणकारिणी सभाका जिल्ला सभापती हरिलाल चौधरी, नेवा देय् दबुःका जिल्ला अध्यक्ष योगेश श्रेष्ठ, भुजेल समाज सेवा समितीका जिल्ला अध्यक्ष ध्रुबबहादुर भुजेल, नेपाल मगर संघका जिल्ला अध्यक्ष शंकर थापा मगर लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको होे ।