nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनजाति महासंघको ७ वटा वडा परिषद गठन

हेटौंडा उपमहानगरपालिकाको ७ वटा वडामा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)को वडा समन्वय परिषद् गठन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर १, २, ५, ७, ८, ९ र १० मा आदिवासी जनजातिलाई संगठित गरेको हो ।
आदिवासी जनजाति संघ–संस्थाका प्रतिनिधिको भेलाले वडा नम्बर १ मा यज्ञबहादुर रुचाल मगर, २ मा काजीमान तितुङ्ग, ५ मा डोल्मा स्याङ्बो (तामाङ), ७ मा अमर गुरुङ्ग, ८ मा निरोज राई र ९ मा अस्मिता वाईबाको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको होे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठले सहजिकरण गरेका थिए । कार्यक्रममा नेपाल मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना मगर, नेपाल तामाङ्ग घेदुङ्ग मकवानपुरका अध्यक्ष कालु घलान, नेवाः देय् दबुः मकवानपुरका उपाध्यक्ष अनिल खड्गी, आदिवासी जनजाति महासंघ, हेटौंडाका उपाध्यक्ष अमिता चौधरी, कोषाध्यक्ष नरेशलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा नेपाल मगर संघ हेटौंडाका अध्यक्ष भरत ठाडा मगर, नेपाल तामाङ्ग घेदुङ्ग हेटौंडाका अध्यक्ष ठिसाङ लामा, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरी लगायतको आतिथ्य रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)