nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनजाति महासंघको वडा परिषद गठन

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ मा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)को वडा समन्वय परिषद् गठन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बिहीबार वडामा कार्यसमिति गठन गरेको हो ।

आदिवासी जनजाति संघ–संस्थाका प्रतिनिधिको भेलाले सुमन राई दनुवारको अध्यक्षतामा ७ सदस्सीय कार्यसमिति सर्वसहमत चयन गरिएको छ । समितिको उपाध्यक्षमा धनमायाँ गुरुङ्ग र हरिबहादुर राई, सचिवमा सपना दुरुच्याई मगर, कोषाध्यक्षमा सनिशा राई तथा सह–सचिवमा आशिष थापा मगर र भक्तबहादुर गुरुङ्ग चयन भएका छन् ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको होे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य कृष्णबहादुर राई दनुवार र नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर अध्यक्ष तिर्थ बहादुर थापा मगरको विशेष आतिथ्य रहेको थियो । 

नेपाल आदिवासी जनजाति महासंघ, हेटौंडाका सदस्य आत्माराम मोक्तानले सहजिकरण गरेको कार्यक्रममा आदिवासी जनजाति महासंघ, हेटौंडाका सदस्य नरेशलाल श्रेष्ठ, लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल मगर संघ हेटौंडाका अध्यक्ष भरत ठाडा मगर, तमु ह्युल छोंज धिं(गुरुङ्ग राष्ट्रिय परिषद्) मकवानपुरका उपाध्यक्ष दिपक गुरुङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश ३ का दिलबहादुर लामा, नेपाल तामाङ्ग घेदुङ्ग हेटौंडाका सदस्य बिष्णुहरि वाईबा लगायतको आतिथ्य रहेको थियो ।