nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनजागरण शिक्षा सहकारीको अध्यक्षमा बलामी निर्विाचित

Janajagaran-1539566908.jpg

थाहा नगरपालिका बज्रवाराहीमा रहेको जनजागरण शिक्षा सहकारी संस्था लि. को चौथो साधारण सभाबाट पुनः मेघराज बलामी अध्यक्षमा निर्वाचित भएका छन् । २८ असोजमा भएको साधारण सभाले बलामीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । 

सभाले संस्थाको उपाध्यक्षमा निर्मला विडारी, सचिव कृष्ण प्रसाद लामिछाने, कोषाध्यक्ष दामोदर सुवेदी सदस्यहरुमा राधाकृष्ण लामिछाने, रमेश विडारी, सुकेश कर्माचार्य, सुर्य बहादुर श्रेष्ठ, ओम कुमार सुवेदी, पम्फा वाइवा, र जगन्नाथ अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले संयोजक रामजी उप्रेती रहेको लेखा समिति पनि गठन गरेको छ । समितिको सदस्यहरुमा महेन्द्र थापामगर र निराजन गोपालीलाई चयन गरिएको छ । 

संस्थाका अध्यक्ष मेघराज बलामीको सभाध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लेखा समिति संयोजक महेश्वर सुवेदीको प्रमुख आतिथ्यमा भएको हो । ५९ लाख ५७ हजार १ सय रुपियाँ शेयर पुँजी रहेको उक्त संस्थामा २ सय ३७ सदस्य आवद्ध छन् । संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा १ लाख ५३ हजार ३२५ रुपियाँ नाफा आर्जन गरेको साधारणसभामा जानकारी दिएको थियो । संस्थाले थाहा नगरपालिका वडा नं. ६ मा १० कक्षासम्म अध्यापन हुने सरस्वती विद्या मन्दिर बोर्डिङ स्कूल संचालन गरिरहेको छ ।  विद्यालयमा ४ सय १० विद्यार्थी अध्ययनरत छन् ।

सभामा बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्रनाथ सुवेदी, बज्रवाराही बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)