Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनकल्याण माविको स्वर्ण जयन्ती सफल बनाउन काठमाण्डौमा अन्तरक्रिया

थाहानगरको जनकल्याण माविको स्वर्ण जयन्तीलाई सफल बनाउनको लागि काठमाण्डौंको तहाचल क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनकल्याणमा अध्ययापन गरेका पूर्व विद्यार्थीहरुको भेलाले स्वर्ण महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको लागि प्रतिवद्धता व्यक्त गरेका छन् । पूर्व विद्यार्थीहरुले सकेको आर्थिक सहयोग गर्ने पनि प्रतिवद्धता भएको कार्यक्रममा सहभागी पूर्व विद्यार्थी विजय विक्रम श्रेष्ठले जाकारी दिए ।

भेलाको अवसरमा जनकल्याण मावि पूर्ण विद्यार्थी एशोसिएशन काठमाण्डौं गठन गरिएको छ । राजाराम अधिकारीको संयोजकत्वमा गठीत एशोसिएशनमा ११ सदस्यीय रहेको छ । एशोसिएसनको सदस्यहरुमा भूवन प्रकाश विष्ट, किरण थापा, ओमबहादुर विष्ट, अर्जुन कार्की, मिलनभक्त श्रेष्ठ, कालीचरण बस्नेत, बद्री प्रसाद विडारी, भरत ढकाल, विष्णुहरी ढकाल र विजय विक्रम श्रेष्ठ रहेका छन् । समितिले विद्यालयको स्वर्ण महोत्सवका लागि आथिएक सहयोग संकलन गर्ने समेत निर्णय गरेको छ ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०