Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनकल्याणको स्वर्ण महोत्सवको तेस्रो दिन बिभिन्न कार्यक्रम सम्पन्न, ५ बिद्यामा जनकल्याण प्रथम

जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको तेस्रो दिन आज बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको उत्तरीे क्षेत्रको थाहा नगरपालिका रहेको जनकल्याण माध्यामिक विद्यालयले आफ्नो ५० औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सब मनाउदै रहेको छ । सम्मेलनकै अवसरमा विद्यालयले ७ दिने कार्यक्रम अन्तर्गत १७ माघम तेस्रो दिन १७ गते थाहा नगरस्तरीय एकल गायन, सामुहिक नृत्य, दौड (४०० मिटर, ८०० मिटर र ३००० मिटर, साथमा साँस्कृतिक कार्यक्रमको साथमा पुरस्कार वितरण भएको छ । आजको कार्यक्रमबाट नगरस्तरीय एकल गायन बाट जनकल्याण माबिका बिद्यार्थी बिनिता गोपाली प्रथम, मत्स्यनारायण माबिका बिद्यार्थी सुवास मोक्तान द्धितिय र हिमालयण इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थी आयुष गोपाली तृतिय भएका छन । यस्तै सामुहिक नृत्य तर्फ बागेश्वरी माबि प्रथम, जनकल्याण माबि द्धितिय र बज्रबाराही माबिका बिद्यार्थीहरु तृतिय भएका छन ।

यस्तै ४०० मिटरछात्र डौड तर्फ जनकल्याण माबिका राज कुमार तामाङ प्रथम, बज्रबाराही माबिका बिपिन महर्जन द्धितिय र स्वच्छन्द भैरब माबिका राजेश हमाल तृतिय भएका छन भने ४०० मिटरछात्रा दौड तर्फ जनकल्याण माबिका बिद्यार्थी अस्मिता खड्का प्रथम, बज्रबाराही माबिका बिद्यार्थी निशा महर्जन द्धितिय र हिमालयण इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थी आयुषा बिष्ट तृतिय भएका छन । यस्तै ८०० मिटर छात्रदौड तर्फ बज्रबाराही माबिका बिद्यार्थी दिल बहादुर वाइवा प्रथम, जनकल्याण माबिका बिद्यार्थी सागर केसी द्धितिय र बागेश्वरी माबिका बिद्यार्थी शुसान्त थोकर तृतिय भएका छन भने ८०० मिटर छात्रादौड तर्पm जनकल्याण माबिका बिद्यार्थी कृपा गोपाली प्रथम, बागेश्वरी माबिका बिद्यार्थी बिपना थोकर द्धितिय र झम्केश्वरी माबिका बिद्यार्थी सलिना कार्की तृतिय भएका छन ।

यस्तै ३००० मिटरछात्रा दौड तर्फ बागेश्वरी माबिका मनमाया स्याङ्तान प्रथम, जनकल्याण माबिका अमिशा थिङ द्धितिय र बज्रबाराही माबिका शान्तीमाया तितुङ तृतिय भएका छन । यसैसाथ आज नै १६ गते सञ्चानल भएको निवन्ध लेखन मार्फत प्रथम, द्धितिय र तृतियको नतिजा सार्वजनिक गरिएको छ । जसमा जनकल्याण माबि, द्धितिय बागेश्वरी माबि र तृतिय झम्केश्वरी माबि रहेका छन । प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाइ आज नै सिल्ड, मेडल प्रमाणपत्र तथा नगदले पुरस्किृतगरिएको छ ।

वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालयले यस बर्ष माघ १५ गते देखि २१ गते सम्म सप्ताहब्यापी कार्यक्रम गरि स्वर्ण जयन्ती मनाउन लागेको हो । साथै भोली जिल्ला स्तरिय छात्र भलिबल (मावि विद्यालय स्तरिय) १८, १९ र २० गते हुने, १८ र १९ गते छात्राको कबड्डी हुने भएको छ । त्यसैगरि १८ गते बक्तृत्वकला १९ गते सटपुट तथा साँस्कृतिक कार्यक्रमको साथमा पुरस्कार वितरण गरिनेछ । साथै २० गते हाजिरी जवाफ र २१ गते अन्तिम दिन पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरि स्वर्ण जयन्तीको समापन गरिने जनाइएको छ ।

- मञ्जरी बलामी



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०