Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनकल्याणको निर्माणधिन भवन अधुरै

38825365_245911936249120_-1534056954.jpg

    उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको जनकल्याण साधारण तथा प्राविधिक विद्यालयमा संरचनाको विस्तारको लागि निर्माण लिएको भवन अलपत्र परेको छ । भारत सरकारको सहयोगमा बन्न सुरु भएकोे जनकल्याण माविको २८ कोठे भवन अलपत्र परेको हो ।    सन् २०१३ को अन्तिमतिर १७ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि सम्झौताको ५ वर्ष वित्दासमेत काम पुरा हुन नसकेपछि भवन अलपत्र भएको हो । सम्झौता मितिको १७ महिनामा सम्पन्न गने गरी मिलेनियम शंकरमाली जेभी कम्पनीले ३ करोड २८ लाख रुपैयामा सम्झौता गरेको थियो । भारत सरकारले राजदुतावास मार्फत सहयोग गने भनेको ५ करोड रुपैयामा टेण्डर हुँदा मिलेनियम शंकरमाली जेभी कम्पनीले ३१ प्रतिशत कम रकममा ठक्का पाएको थियो । काम अघि बढ्दै गर्दा ७५ लाख बराबरको काम गरेपछि उक्त रकमका  बिलभरपाइ अनुसार जिविसको सिफारिसमा रकम निकासा हुने सम्झौतामा उल्लेख छ ।


    भवन पुरा हुन नसक्दा उक्त विद्यालयका विद्यार्थीहरु असार, साउन जस्तो वर्षादको समयमा समेत झ्याल नभएको कक्षामा बसेर पढ्न बाध्य छन् । विद्यालयका प्राचार्य सानोभाइ कार्कीले  उक्त भवन प्रति सरोकारवालाहरुको ध्यान जान नसकेको भन्दै दुख ब्यक्त गरे । 
    कार्कीले लामो समय सम्म पनि निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै सरोकारवालाहरुलाई उक्त संरचना प्रति ध्यान दिन आग्रह गरे । भवनको विषयमा थाहा नगरपालिकाका नगर प्रमुख लबशेर विष्टले जेभी कम्पनीको भरमा नरही निर्माणको लागि अन्य कुनै सहयोगी निकायलाई जिम्मा लगाउनु पर्नेमा जोड दिए ।  
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानले सहयोगी निकायहरु धेरै आए पनि भारत सरकार र जेभी कम्पनीको ठेक्का नतोडिएको कारण अन्य संस्थासंग सम्झौता गर्न नसकिएको बताए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।