nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनकल्याणका बिधार्थीलाई कल्पना उद्योगद्वारा सुइटर

34583183_2066120676941761-1528282767.jpg

कल्पना थाहा कपडा उद्योग मार्फत थाहा नगरपालिकाको जनकल्याण माध्यामिक बिद्यालयका जेहेन्दार तथा गरिब बिद्यार्थीलाइ सुइटर वितरण गरिएको छ । जनकल्याण मा.बी.मा अध्ययनरत बिभिन्न तहका १५ जना छात्रछात्राहरुलाई बिद्यालयको रोहवरमा कल्पना थाहा कपडा उद्योगका सन्चालक कल्पना बलामीले सुइटर वितरण गरेकी हुन ।

बि.स. २०७४ को मसान्त देखी नै स्वर्ण बर्षको रुपमा बर्षै भरि स्वर्ण जयन्ती मनाइरको बिद्यालयलाई जयन्ती उद्घाटन कार्यक्रममा आफुले बोले अनुसार सहयोग स्वरुप आफ्नै उत्पादनको सुइटर वितरण गरेको बलामीले बताइन । थाहा नगरपालिकामा जाडो वा गर्मी जुनसुकै समयमा सुइटर लगाउनु पर्ने भएको कारन गर्मिको समय भए पनि सुइटर वितरण अनुपयुक्त नहुने उनले बताइन् । वितरण गर्दा बिद्यालय पोसाकमा उपयुुक्त हुने गरि बिद्यालयको लोगो सहितको सुइटर वितरण गरिएको उनले बताइन ।

जनकल्याण मा.बि.का ज्ञान बहादुर तामाङ, अमिसा थिङ, करिस्मा थिङ, सुुष्मा घलान, नबिना परियार, पुष्पा जैसवाल, चन्द्र बहादुर गोले, सागर के.सी, संगिता श्रेष्ठ, किस्मिता डोङ, पुष्पा कार्की, सुलभ गोपाली, मदन रुम्बा, सजिना देउला, पुजा बलामीलाई स्वेटर वितरण गरिएको छ । वितरण कार्यक्रममा बोल्दै जनकल्याण माबीका प्राचार्य सानोभाइ कार्कीले बिद्यालय प्रतिको सहयोगको लागी धन्यवाद व्यक्त गरे ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।