nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनकल्यणका दुई विद्यार्थीलाई डेढलाख छाात्रवृत्ति

Capturebbj-1582081177.PNG

मकवानपुर थाहा नगरपालिकामा केही वर्षदेखि सामाजिक सेवामा क्रियाशील संस्था च्वाईस नेपालले छात्रवृत्ति वितरण गरिएको छ । अष्ट्रेलियन नागरिक निक ब्रोधहर्षको सहयोगमा थाहा नगरपालिकामा रहेको जनकल्याण मावि कक्षा ११ मा मानविकि संकाय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । 

मकवानपुर भिमफेदी गाउँपालिका झिरघारी निवासी सुुशिला थिङ्ख तथा जनकल्यणकै कृषि प्राविधिक बिषय अध्ययनरत छात्रा थाहा नगरपालिका २ की बिनिशा घिमिरेलाई छात्रवृत्ति दिइएको हो । कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले छात्रवृत्ति रकम वितरण गरेका थिए । सुशीलाले ७६ हजार ७५० र विनिसाले ८० हजार ३३३ रुपियाँ छात्रवृत्ति रकम पाएका थिए । छात्रवृत्ति रकम विद्यार्थीले आफ्नो १ बर्षको अध्ययनका लागी मात्र खर्च गर्न सक्ने च्वाइस नेपालका प्रतिनिधि प्रताप घिमिरेले बताए । 

कार्यक्रममा प्रधानाध्यापक कार्कीले च्वाइस नेपालले विद्यालयलाई गर्दै आएको सहयोगको प्रसंशा गर्दै विदेशीहरुसंग विद्यार्थीको भेटघाटलगायतको कार्यक्रमलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गरे । थाहानगर शिक्षा शाखा प्रमुख रेग्मीले छात्रवृत्ति पाउने विद्यार्थी उदाहरणीय बन्नु पर्ने बताए । आफ्नो अध्ययनलाई गुणस्तरीय बनाए मात्र सहयोगको महत्व हुने रेग्मीको भनाइ थियो । च्वाईस नेपाल प्रतिनिधि कुल प्रसाद तिवारीले यस छात्रवृत्ति रकमबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग पुगेको बताए ।



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।