nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

जङ्गलको मृग जङ्गल मै

34200923_2064745983745897-1528109594.jpg
मकवानपुरको थाहामा स्थानीयहरुको रोहवरमा मृगलाइ उद्वार गरि जङ्गलमा छाडेको छ । ईलाका प्रहरी कार्यालय पालुङ र ईलाका बन कार्यालय पालुङका रेन्जर संजय कुमार मिश्र नेतृत्वको टोलिले ऋषेश्वर बन उपभोक्ता समितिका अध्यक्ष तथा वडा नं ३ का अध्यक्ष राजेश केसि, स्थानिय ब्यकिहरु र सन्चारकर्मीहरुको टोलिले मृगलाई सुरक्षित रुपमा शिखरकोट बस्ती भन्दा ताढाको चित्लाङगदी जङ्गलमा छोडेको हो । दिनभर आरक्षण केन्द्रमा लाने कि के गर्ने भन्ने लगायतमा छलफल भए पनि अन्ततः जङ्गलमै स्वतन्त्र छोड्ने निर्णय भए अनुरुप मृगको बच्चालाई जङ्गलमा छोडेको ईलाका प्रहरी कार्यालयले बताए । थाहा नगरपालिका वडा नं। ४ शिखरकोटको नागदहमा शनिबार राती करिब ९ बजे स्थानिय आशिक रायमाझीले मृगको बच्चा फेला पारे पछि उक्त बच्चालाई इलाका प्रहरी कार्यालय पालुङलाई बुझाएका थिए । करिब १ बर्षको मृगको बच्चालाई उद्वार गर्न पाएको प्रती जनप्रतिनिधि तथा स्थानियहरुले गौरव गरेका छन । पर्टनको बिकासको लागी बन्यजन्तु गहना सरह भएका कारण यसको संरक्षण गर्नु पर्ने बन उपभोक्ता समितिका अध्यक्ष केसिले बताए ।


https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।