Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला

_123891124_land-1692108417.jpg

सरकारले जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला गरेको छ। गत वैशाखमा मन्त्रिपरिषद्ले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन।
भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने मंगलबार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

‘जग्गा कित्ताकाट पूर्ण रुपमा खुलाउने गरी भू उपयोग नियमावली स्वीकृत भएको छ,’ उनले नेपालखबरसँग भने।
हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ। स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ।

सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg