Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

छ्वोपूजा गरियो, थाहानगरमा बाराही मेला अर्को वर्ष हुने

Jatra-1589080717.jpg

मकवानपुरको थाहा नगरपालिका ६ टिष्टुङमा हरेक तीनतीन वर्षमा मनाइने बज्रवाराही माईको मेला यो वर्ष रोकिएको छ । तिथिले २७ वैशाखमा शुरु हुनुपर्ने जात्राको स्थानीय परम्परा अनुसार छ्वोपूजा मात्र गरेर पर्व स्थगित गरिएको हो । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भिडभाग नगर्ने निर्णयसहित मेला स्थगित गरिएको थाहा–६ का वडा अध्यक्ष शशीधर सुवेदीले जानकारी दिए ।

छ्वोपुजामा पुजाका लागि नभईनहुने स्थानीय सीमित व्यक्तिहरुको मात्र उपस्थितीमा २७ वैशाखमा वाराही मन्दिरमा पुजा भएको छ । प्रत्येक तीनवर्षमा चण्डी पुर्णिमाको नजिकको शनीबार मनाइने मेला अर्को वर्ष यहि तीथिमा मनाउने गरी स्थगित गरिएको बज्रवाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 

मेला संचालनको विषयमा ५ वैशाखमा वडा अध्यक्ष, धामी, पुजारी लगायत जात्रासंग संबन्धित सबै रकमीको उपस्थितिमा भएको छलफबाट जात्रा अर्को वर्ष संचालन गर्ने निर्णय भएको वडा अध्यक्ष सुवेदीले जानकारी दिए । सबैतिर कोरोना भाइरसको त्रास भएको र सरकारले लकडाउन घोषणा गरेकोले यसपटक जात्रा नमनाउने निर्णय गरिएको स्थानीय प्रमोद जोशीले बताए । बज्रवाराही जात्रा पहिलोपटक स्थगित भएको हो । 

बाराही जात्रामा स्थानीय समुदायले बाजागाजा, भेषभुषाको साथै रथारोहण गर्ने गर्दछन् । तीन दिनसम्म लाग्ने यो मेलामा पहिलो दिन रथलाई मन्दिरमा लगिन्छ भने दोस्रो दिन मन्दिरमै पूजापाठ गरिन्छ र तेस्रो दिन रथलाई फर्काएर मेला समापन गर्ने चलन रहेको छ । यहाँको बज्रवाराही माईलाई अन्यत्र भएका बज्रवाराहीको आमा भन्ने गरिएको मान्यता छ । जात्रा गणेश, कुमारी, बाराही, इन्द्रायणी र भैरवको संयुक्त पुजा गरी मनाइन्छ ।

हेर्नुहोस फोटो:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०