nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा बाबुको निधनमा छोरीहरु कोरा पसे

  • सिम्रन खड्का, थाहानगर (चित्लाङ)

आफ्नो बाबुआमाको निधन भएपछि छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक संकारलाई मकवानपुर थाहा नगरपालिकामा तोडिएको छ । थाहा नगरपालिका वडा नम्बर १० का २१ वर्षिय अस्मिता थापा र १६ वर्षिय रेनिसा थापाले सामाजिक परम्परा अनुसार क्रिया गर्न बसेका छन् । 

थाहा–१० विसिङ्खेलमा १० असार मङगलबार ब्रेन स्ट्रोक रोगबाट बाबु रामचन्द्र थापाको स्वर्गारोहण पछि थापा दिदी बहिनी झुपो हालेर कोरा पसेका हुन् । चैतदेखि विरामी परेका बाबु रामचन्द्रको काठमाडौ स्थित वीर हस्पिटलमा उपचार क्रममा मृत्यु भएको थियो । वुवा आमाको काज क्रिया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परमपरागत सोचमा परिवर्तन ल्याउनको लागी आफु वुवाको काजमा बसेको था दिदी बहिनीले बताएकाछन् । स्वार्गारोहण भएका रामचन्द्रको छोरा छैनन् । 

छोरा र छोरी बराबरी हुन् भन्ने कुराको उदाहरण उनीहरुले पेश गरेका छन् । लिगंको आधारमा छोरा र छोरी विचको विभेदलाई अन्त्य गर्न र छोरीहरुले पनि आफुहरुलाई जन्मदिने वुवाआमाहरुको रेखदेखका साथै मृत्युपछि गरीने संकारमा सहभागी हुन सक्छन भन्ने व्यवशारमै उतारेकोमा स्थानीयले सकारात्मक रुपमा लिएकाछन् । छोरा नहुने परिवारहरुको हकमा दाईभाई, उनीहरुको छोरा र त्यो पनि नभए छोरीपट्टीका ज्वाईले काजक्रिया गर्ने संसकारलाई थापा दिदी बहिनीले चुनौति दिएकाछन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)