Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

समाचार प्रभाव: छेकबार बलियो बनाउदै, नयाँ बिरुवा रोपिए

IMG_20180314_091038-1521200502.jpg

थाहा नगरपालिका नगरकार्यपालिकाको कार्यालय जाने बाटोमा दायाबाँया गरिएको बृक्षारोपणको बिषयमा शान्तिपुर दैनिक र बिकास खबरमा समाचार प्रकाशित भएपछि थाहा नगरपालिकाले उक्त बिषयलाई थप चासोको रुपमा लिएको छ । लगाइएको बिरुवाको छेकबारलाइ वायरिङ गरी सजिलै ढलाउन नसकिने बनाइएको छ भने खाली रहेको छेकबारभित्र नयाँ बिरुवा लगाइएको छ । २३ फाल्गुन २०७४ मा शान्तिपुर दैनिकमा उक्त बृक्षारोपणको बिषयमा ‘कल्पनामा सीमित हरियाली सडक, यथार्थमा भत्ताभुगं’ शिर्षकमा  समाचार प्रकाशित भएपछि नगरपालिकाले उक्त बिषयलाई गम्भिर रुपमा लिई पुनः व्यवस्थापनमा जुटेको हो ।


    ३ लाखको लगानीमा २०७३÷०७४ को श्रावणमा बृक्षारोपण गरेसंगै नगरपालिकाले बिरुवाको संरक्षणको निमित्त प्रत्येक बिरुवालाई छेकबार लगाइएको थियो । तर छेकबार लगाइएको केही दिनमा नै १८ भाद्रमा नगरपालिका रोडमा रोपिएको बिरुवाको छेकबार नचिनेको समूहले ओखलेर फ्याकिदिएका थिए । जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा निर्माण भएको उक्त ६९ वटा फुलको छेकबार मध्ये अधिकांश ढलाएको जानकारी तथा समाचारहरु प्राप्त भएपछि सरोकारवाला र स्थानीयहरु मिलेर ब्यवस्थापनको कार्य पनि गरेका थिए । भाद्र १७ गते राती नै ओखेलेर फालेको हुन सक्ने अनुमान गर्दै सार्वजनिक ठाउँमा त्यसरी रोपेको विरुवाको छेकबार ओखेल्नेहरुको खोजी भइरहेको छ, भन्ने जानकारी जनताले पाएका थिए । तर आज सम्म पनि खोजी कार्य नै भैरहेको हो त ? सबैको प्रश्न यहि बन्दै गइरहँदा, ६९ वटा बिरुवा मध्ये १० वटा पनि गतिला बिरुवाहरु देखिदैन थ्यो । दिनानुदिन बिरुवाहरु ओखलिएका, बस्तुले खाएका, छेकबारहरु कुच्चिएको डेक्ची झै हुदै यत्रतत्र छरिएको देख्न सकिन्थ्यो । 


    हरेक दिन आवतजावत हुने नगरपालिकाको बाटोमा भैरहेको उक्त दृश्य प्रति नगरका जनप्रतिनिधिहरुको ध्यान नगएपछि समाचार तयार पार्ने क्रममा के ध्यान नगए कै हो त ? जवाफमा नगरप्रमुख लबशेर बिष्ट भनेका थिए, ‘ध्यान नै नगएको भने होइन, कार्यकारी अधिकृत संग पनि कुरा गरिएको हो, सुरक्षाको लागि छुट्टै मान्छे राख्ने सम्भब भने छैन, बिरुवाहरु ओखलेर नै लाने सम्म हुनुमा नागरिक सचेतनाको कमी नै मुख्य समस्याको रुपमा रहेको देखियो ।’

जिल्ला समन्वय समिति मकवानपुरको ३ लाख रुपैया (कर सहित) को सहयोगमा गरिएको बृक्षारोपणमा स्थानिय स्तरमा पाइने भन्दा फरक खालको धुपी र चाइनिज गुलाबको बिरुवा रोपिकएको थियो । प्रति बिरुवाको ३ सय ५० देखि ४ सय सम्म परेको थियो, धेरै पटक पानी हाल्ने, गोडमेल र अनुगमण गर्दा पनि जनताले नचाहेको हो कि? के करण हो ? मानिसहरुले संरक्षण गर्न नै चाहेनन, स्थानिय समाजसेवी महिला शकुन्तला गोपालीले बताएकी थिइन ।


    नगरको योजना अनुसार हराभरा बनाउने लक्ष्यले गरिएको बृक्षारोपणलाइ उपभोक्ता समिति र आफु स्वयमंले स्याहार गर्दा पनि जनताले नै आफ्नो ठाउलाइ हराभरा बनाउन नखोजेको जस्तो ब्यवहार देखाए पछि निक्कै नै दुखित भएको उपभोक्ता समितिका अध्यक्षदारा सिं गोपालीले बताएका थिए । उनले भने, कुच्याएका छेकबारलाइ ल्याइ बनाएँ, राती तथा अन्य समयमा निगरानी गर्दै रहेँ, पानी हाल्ने गोडमेल गर्ने गरे, केही ब्यक्तिहरु माथि शंका गर्दै निगरनी राखेँ तर आफु निगरानीमा रहेको बेलामा त्यस्तो गलत काम गर्नेहरु भेटिएन, हुँदा हुदा अहिले त फुल्न लागेका बिरुवाहरु नै ओखलेर लगिएको पाइयो । के यो समितिको लागि मात्र गरिएको बृक्षारोपन थियो र ? उनले जनमानसमा यहि प्रश्न गर्न चाहेको बताइन, यदि थाहा कै लागि राम्रो बिषय थियो त किन संरक्षण गर्ने जिम्मेवारी सबैको हो भनेर बुझेनन त ? उनले भने । उनले अहिले पनि आफुले समय अनुसार निगरानी गर्ने गरेको बताएका थिए ।
    उक्त समाचार तयार पार्दा अवको दिनमा संरक्षणको लागि प्रक्रिया के हुन सक्छ ? भनी सोधिएको प्रश्नमा ‘मुख्य कुरा नागरिकमा हाम्रो भन्ने भावना हुनुपर्छ, नागरिकमा सचेतना हुनु जरुरी छ, जनमानसले नै सबैको सम्पती हो भन्ने धारणाले संरक्षणमा नलाग्ने हो भने उपभोक्ता समिति वा नगरपालिका जसले जे प्रयास गरे पनि संरक्षण भने नहुने पक्का छ, बिष्टले भने नागरिक सचेत भएको भए यो समस्या नै नहुने थियो । निगरानी बढाएर एकादुईलाई कारबाहीमा नल्याए सम्म समस्या नै देखिन्छ, अव हामी त्यो प्रक्रियामा छौ । खाली रहेका ठाउमा पुनः बृक्षारोपण, भत्किएका छेकबार निर्माण तथा अन्य ब्यवस्थापनका लागि अहिले भने नगरमा बजेट नभएकाले असारमा भने बजेट छुत्याएर मर्मत संभारको कार्य गर्छौँ’ नगर प्रमुख बिष्टले जवाफ दिएका थिए । तर नगरपालिकाको प्रयासमा असार नपर्खदै नगरपालिकाले तेजपत्ताका बिरुवा ल्याएर रोपेकाछन । कुच्चिएको छेकबारलाई सम्भव भए सम्म बनाएर उभाएका छन भने छेकबार भित्र माटो थप गरि पहिलेका बिरुवालाई संरक्षण, नया बिरुवा बृक्षारोपण, छेकबारलाइ नढल्ने गरी वायरिङ र गोडमेलका साथै पानी हाल्ने कार्य गरेको छ ।

के अव चाहिँ साच्चै नै सुरक्षित हुन्छ होला त ? नभए कस्तो प्रक्रियामा जानुहुन्छ ? जवाफमा नगरप्रमुख लवसेर बिष्ट भन्छन ‘सबैको लागि राम्रो हुने कुरामा नागरिकले नै रुचाएनन् भने त सुरक्षित हुन्छ भन्ने लाग्दैन, चाहेँ जति नै बलियो बार किन नलाओस् । यति सम्म गर्दा पनि नराम्रो नियत देखाउछ भने निगरानी बढाएर नै कारबाही गर्नु आवश्यक हुन्छ, नत्र लगानी खेर नै जान्छ ।’



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।