nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

चेपाङ बालबालिकालाई खाद्यान्न सामाग्री वितरण

मकवानपुरको चार विद्यालयका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । हिमालयन मानवअधिकारकर्मी समुह(हिमराइट्स) मकवानपुरको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत खाद्यान्न वितरण गरिएको हो ।

सिमान्तकृत बालबालिकाहरुका लागि मासिक रुपले प्रदान गरिने खाजा वापतको रकमबाट खाद्यान्न सामाग्री खरिद गरी वितरण गरिएको हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले बताईन् । 

कार्यक्रमबाट राक्सीराङ्ग गाउँपालिकाको सुर्योदय माध्यमिक विद्यालय र प्रजा जागृती बिद्यालय तथा मनहरी गाउँपालिकाको सगरमाथा आधारभुत विद्यालय र प्रजा आधारभुत विद्यालयका सिमान्तकृत समुदायका विद्यार्थी लाभान्वित भएका छन् । चार विद्यालयका गरी ८० जना चेपाङ्ग बालबालिकालाई खाद्यान्न सामाग्रीहरु दाल, चामल, दाल, तेल र नुनलगायत सामाग्री वितरण गरिएको हिमराइट्सले जनाएको छ ।

सुर्योदय माध्यमिक विद्यालयमा प्रधानध्यापक काजीराम मुक्तानको अध्यक्षता तथा राक्सीराङ्ग वडा नम्बर ३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानको प्रमुख आतिथ्यमा शुक्रबार कार्यक्रम भएको थियो । सगरमाथा आधारभुत विद्यालयमा प्रधानध्यापक खड्गबहादुर मुक्तानको अध्यक्षता तथा मनहरी वडा नम्बर ६ की महिला सदस्य राममायाँ प्रजाको प्रमुख आतिथ्यतामा शनिबार कार्यक्रम भएको थियो । त्यस्तै, मनहरी गाउँपालिका हाँडिखोलाको प्रजा आधारभुत विद्यालय र प्रजा जागृती बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आईतबार खाद्यान्न सामाग्री प्रदान गरिएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)