nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सचेतना जगाउँदै थाहा महोत्सव

House-1474423703.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा संचालन भइरहेको दोस्रो थाहा महोत्सवले कृषि, व्यापार र आन्तरिक तथा बाह्यि पर्यटनको प्रवद्र्धन मात्र गरेको छैन जनचेतना पनि फैलाईरहेको छ । महोत्सवमा थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टलाई सम्झाउन स्टल छन् । त्यसो त मुख्य मञ्चकै दायाँबायाँ विष्टको ठूलाठूला पम्प्लेट राखिनुले पनि उनको सम्मान भएको देखिन्छ । महोत्सवमा रुपचन्द्र विष्टले लेखेका विभिन्न पर्चा, पम्प्लेट, उनका पुराना पर्चाहरुको पुनःप्रकाशन, रुपचन्द्रको फोटो अंकित हुलाक टिकट, थाहा चीनो, उनको जीवनी र योगदान समेटिएको थाहा पुस्तक  तथा जागरणमुलक सामाग्री राखिएको छ ।

विष्टको पर्चा पुनः प्रकाशन गरी स्थानीय अकल बहादुर केसीले स्टलमा राखेका हुन् । रुपचन्द्रको जन्मथलो र उनको योगदान र सन्देशलाई नागरिकहरु समक्ष पु¥याउनको लागि महोत्सवमा स्वतस्फूर्त रुपमा स्टल राखिएको स्थानीय बिनोद लामाले जानकारी दिए । लामा रुपचन्द्र विष्टको विषयमा खोजी र अध्ययन गर्ने व्यक्ति हुन् । उनको टिमले रुपचन्द्रको जीवनीलाई आधार बनाएर डकुमेन्ट्री समेत निर्माण थालेको छ ।  आयोजकले निःशुल्क रुपमा उपलब्ध गराएको स्टलमा थाहा स्टल राखिएको हो । स्टलमा रुपचन्द्र बुझ्न युवा र ज्येष्ठ नागरिकहरु पनि पुग्ने गरेकाछन् । 


भूकम्प प्रभावितहरुलाई सचेतना जगाउने उद्देश्यले सरकारी र गैर सरकारी संस्थाहरले पनि स्टल राखेका छन् । थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भइरहेको महोत्सवमा दुईसय ५० स्टलहरु मध्ये करिब आधादर्जन स्टल जनचेतनामुलक रहेको छ । महोत्सवमा थाहा नगरपालिकाले भूकम्प प्रतिरोधी घरहरुको नमुना चित्रहरु स्टलमा राखेको छ । महोत्सव घुम्न पुग्नेहरुलाई नगरपालिकाका कर्मचारीहरुले नमुनाको घरहरुको विषयमा जानकारी गराउने गरेको कार्यकारी अधिकृत भिम परियारले बताए । नगरपालिकासंगै सहकार्य गरेर सामुदायिक विकास केन्द्र नेपाल (सीसीडिएन)ले पनि पुर्ननिर्माणको सचेतनामुलक स्टल राखेको छ । स्टलमा दैनिक दर्जनौ मानिसहरु अवलोकनको लागि आउने गरेको सिसिडिएनका जगत बजगाइले बताए । समुदायमा गएर सन्देश दिदा जत्तिकै स्टलबाट पनि जनतालाई जागरण पु¥याउन सकिएको सीसीडिएनकी सामाजिक परिचालक सुशीला गोपालीले बताइन् ।


गैर सरकारी संस्थाहरु मध्ये टियरफण्ड/राडो नेपालले राखेको स्टलको काठको नमुना घर हेर्न धेरैले छुटाउँदैनन् । कतिपयले त संगै बसेर फोटो पनि खिच्छन् । नमुना घरसंगै नमुना करेसाबारी पनि स्टलको आकर्षणको केन्द्र बनेको छ । करेसाबारीमा गरिएको थोपा सिंचाईले धेरैको मन तानेको छ । मकवानपुर आग्राका रमेश लामाले थोरै पानी हुने आफ्नो गाउँमा यहि प्रविधि नै लैजाने बताए । राडो नेपालका प्राविधिक राम प्रसाद सापकोटाले नमुनाको रुपमा राखेको स्टलबाट पनि किसान र गृहेणीहरुले राम्रो प्रतिक्रिया दिएको बताए । राडोको स्टलमा चिटिक्क पारेर सुधारिएको चुल्हो पनि राखिएको छ । स्टलले स्थानीयहरुको सचेतनाको क्षेत्रमा राम्रो योगदान पु¥याएको राडो नेपालका प्राविधिक इश्वरी प्रसाद दाहालले बताए । राडोले स्टलकै अगाडि हात धुने सीप सिकाउने नमुना पनि प्रदर्शन गरेको छ । महोत्सवमा टियरफण्डको सहयोगमा बालकल्यण समाजको बाल संरक्षण, एमआरसी नेपालको जीवीकोपार्जन, सीइइडिएफको सचेतनामुलक सन्देशले महोत्सवलाई मनोरञ्जन मात्र बनाएको छैन सन्देशमय बनाएको छ । महोत्सवमा बालकल्यण समाजको बाल संरक्षण सम्बन्धी सचेतना भएको स्टलबाट छोराछोरीसंगै महोत्सव हेर्न आउने बाबुआमाको घरघरमा सन्देश पु¥याउन सहज भएको परियोजना संयोजक कुमार नेगीले बताए । अधिकांश  गैर सरकारी संस्थाहरुले बाबुआमा र तिनका बालबालिकालाई एकै ठाउँमा राखेर तालीम दिने परिपाटी नभएको अवस्थामा यो महोत्सवमा बालकल्यण समाजले दुवैलाई संगसंगै राखेर सन्देश प्रवाह गर्न सक्षम भएको संयोजक नेगीले बताए । 
महोत्सवमा राखिएको कृषि प्रदर्शनी, स्थानीय उड्कलमा चिउरा कुट्ने, अल्लोको उत्पादन लगायतका नयाँ र संभावना देखाउने खालका स्टलहरु पनि रहेकाछन् । यसले महोत्सवमा व्यापार र मनोरञ्जन मात्र होइन सचेतना र उर्जा पनि थपेको छ।



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।