Sunday, 11th April, 2021
वि.स.

चेतनशील सहकारीको अध्यक्षमा विष्ट निर्वाचित

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ मा रहेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा कविता विष्ट सर्वसम्मत निर्वाचित भएकी छिन् । संस्थाको १२ औं साधारणसभाले विष्टलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
सहकारीको उपाध्यक्षमा मेरिना केसी, सचिव गिता कार्की, कोषाध्यक्षमा छमकला बस्नेत निर्वाचित भइन् । संस्थाको सदस्यहरुमा तारा गोपाली, चमेली कार्की, प्रतिमा श्रेष्ठ, सुमित्रा गोपाली र राधिका रायमाझी निर्वाचित भएका हुन् । 
नयाँ कार्य समिति निर्वाचनका लागि कृष्ण बहादुर विष्टको संयोजकत्वमा अरुण रायमाझी र राजाराम कार्की सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।

यो पनि पढ्नुहोस् ।