Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चिसो बढे सँगै इन्द्रसरोवर तालमा माछा घट्यो

दशैं र तिहार सकिए लगतै मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर लगायत अन्य स्थानमा चिसो बढ्न थालेको छ । कार्तिक महिना सँगै बढेको सोको कारण इन्द्रसरोवर तालमा माछा उत्पादन घटेको छ । विगतका तुलनामा मत्स्य उत्पादन घट्दै गए पनि पछिल्लो समय चिसोका कारण माछा उत्पादनमा कमि आएको इन्द्रसरोवर मत्स्य व्यवसायी संघका अध्यक्ष गोपाल भ्लोनले बताए ।
    अहिले दैनिक रुपमा तियारी थापेको माछा मात्र बिक्री भैरहेको छ । तियारीमा बेलुका थापेर राखेको माछा बिहान झिकिन्छ । यसरी झिकिने तियारीको माछा दैनिक जसो गर्मीको समयमा दैनिक डेढ कुइन्टल निस्किन्छ भने अहिले चिसोमा १५ के.जी. देखि ५० के.जी. सम्म मात्र माछा निस्किने गरेको उनले बताए । 
    इन्द्रसरोवर मत्स्य व्यवसायी संघ मार्फत इन्द्रसरोवर गाउँपालिका १ मार्खु र वडा नं २ कुलेखानीको कलंकीमा माछा बिक्री दुईवटा केन्द्रद्वारा माछा बिक्री गरिन्छ । दैनिक बिहान ७ः३० बजे देखि ९ बजे सम्म दुबै बिक्री केन्द्र मार्फत माछा बिक्री गरिँदै आएको छ । कुलेखानीमा अहिले ३ प्रकारको माछा पाइन्छ जसमा बिगहेड सिल्भरको प्रति के.जी रु २ सय पच्हत्तर, कमनकार्प माछाको प्रति के.जी रु ३ सय र ५ के.जी सम्मको ठुलोमाछा प्रति के.जी रु ३ सयमा बिक्री भैरहेको संघका अक्ष्यक्ष भ्लोनले बताए ।
    इन्द्रसरोवर मत्स्य व्यवसायी संघले इन्द्रसरोवर तालमा केज राखेर समेत माछा पालन गरिरहेका छन् । संघ मार्फत अहिले २ सय ५० वटा केजमा माछा पालन गरिएको छ । केजमा स–साना माछाका भुरा पालन गरी करिब २ वर्षमा पछि बिक्री गरिन्छ । केजमा पालिने माछा भने चाड पर्वमा अर्डर अनुसार, बिवाह तथा भोज भतेर र शेयर सदस्यहरुको माग आएमा मात्र झिक्ने गरेको उनले बताए । संघ मार्फत बिक्री गर्दा स्थानिय होटलहरुलाई नै पहिलो प्रथमिकता दिने गरेको उनको भनाइ छ ।


२५ जनालाई रोजगारी    
     लेखानीको माछा भनेपछि सबैको मन लोभ्याउछ । माछाको लोकप्रियता सँगै माछाको क्षेत्रमा काम गर्ने र आम्दानी गर्नेको संख्या पनि बढ्दो छ । इन्द्रसरोवर मत्स्य व्यवसायी संघका मार्फत २५ जना युवाहरुले रोजगारी पाइरहेका छन् । संघ मार्फत सञ्चालित दुईवटा बिक्री केन्द्रमा काम गर्ने र माछा मार्ने लगायतका कार्यमा रोजगारी पाएका छन् । संघमा माछा मार्नका लागि मात्रै १६ जना कर्मचारी रहेको संघका अध्यक्ष गोपाल भ्लोनले बताए ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।