Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङमा सम्पदा संरक्षण गर्न कालिगढलाई तालिम

मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा १५ दिने काष्ठकला, प्रस्तरकला तथा वस्तुकला सम्बन्धी सीपमुलक कालिगढ तालिम शुरु भएको छ । थाहा नगरपालिका वडा नं. ९ को कार्यालयमा संचालन भएको तालिमको वडा अध्यक्ष परशुराम श्रेष्ठले एक समारोहकाबीच २ फागुनमा उद्घाटन गरे । 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पाटन संग्राहलय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालको विशेष उपस्थितीमा भएको तालिम उद्घाटन समारोहमा थाहा नगरपालिका वडा नम्बर ९ का राजनीतिक दलका प्रतिनीधिहरु, पर्यटन व्यवशायीहरु, संघस.स्थाका प्रतिनीधिहरु एवं प्रमुखहरुको आतिथ्यता रहेको थियो । 

तालिममा ५० जनाको सहभागिता रहेको छ ।०७२ सालको विनासकारी भूकम्पपछि क्षति भएको सम्पदा जिर्णद्वारमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको पाटन संग्राहलय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले बताए । सम्पदा संरक्षणका लागि दक्ष प्राविधिक उत्पादन गर्नका लागि यस किसिमको तालिम काठमाण्डौं, दोलखा, गोरखा र नुवाकोटमा समेत संचालन गरिने निर्देशक खनालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा चार ठाउँमा काष्ठकला, प्रस्तरकला तथा वस्तुकला सम्बन्धी सीपमुलक कालिगढ तालिम संचालन गर्नुपर्नेमा हालसम्म नुवाकोटमा सम्पन्न भएको, मकवानपुरको चित्लाङमा शुरु भएको र अरु दुई ठाउँमा संचालन गर्ने योजना रहेको उनको भनाइ छ । पुरातात्विक महत्व बोकेको सम्पदालाई संरक्षण र भूकम्पबाट क्षति भएकालाई पहिलेकै शैलीमा जिर्णद्वार गर्ने र स्थानीय कालिगढको आयआर्जन वृद्धि गराउन तालिमले मद्दत पुग्ने आयोकको अपेक्षा रहेको छ । चित्लाङमा तालिमको अवधिमा राजा उदयदेवको शिलालेख, स्थानीय गणेश मन्दिर र नारायण हिटीलाई प्रयोगात्मक निर्माण गरिनेछ ।