Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङमा मदनभण्डारी विश्वविद्यालयको ईआईए हुँदै

मकवानपुर थाहा नगरपालिका–९ चित्लाङमा बन्न लागेको मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम सुरु हुने भएको छ । विश्वविद्यालय विकास समिति काठमाडौंले ईआईएका लागि सार्वजनिक सूचना आह्वान गर्दै छ । ‘कन्सल्ट्यान्ट छनोट गर्न एक साताभित्र सूचना सार्वजनिक गर्दै छौं,’ समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले भने, ‘टुंगो लाग्नासाथ ईआईएको काम सुरु हुन्छ ।’

विकास समितिले चित्लाङमा फिल्ड अफिस निर्माण गर्न पनि टेन्डर आह्वान गर्दै छ । जसका लागि करिब ५ करोड लाग्ने अध्यक्ष जोशीले बताए । समितिले चित्लाङमै पम्प स्टोरेज पावर प्लान्ट निर्माण गर्ने भएको छ । प्लान्टवाट २५ देखि ३० किलोवाट विद्युत् उत्पादन गर्ने योजना छ । चिनियाँ प्राविधिक, समितिका अध्यक्षलगायत नेपाली टोली जग्गाको सिमाना छुट्याउन मंसिर २१ गते चित्लाङ आउँदै छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा विश्वविद्यालय स्थापना गर्न सहयोग गर्ने दुईपक्षीय सम्झौता भएको थियो । ‘यहाँ विश्वविद्यालय बन्छ भन्ने कुराले गाउँले खुसी छन्,’ स्थानीय बुद्धरत्न मानन्धरले भने, ‘हामी जुनसुकै सहयोग गर्न तयार छौं ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०