nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङमा धमाधम रिसोर्ट बन्दै , पर्यटक पनि बढे

Chitlang-4-1520493316.jpg

पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङ गाउँमा आन्तरिक एवं बाह्य पर्यटक बढेपछि ठूला लगानीमा रिसोर्ट पनि थपिँदै छन् ।

प्राकृतिक दृश्य एवं ऐतिहासिक र सांस्कृतिक सम्पदालेभरिभराउ मकवानपुरको थाहा नगरपालिका चित्लाङमा ४ करोडको लगानीमा चित्लाङ रिसोर्ट निर्माण भइरहेको छ । स्थानीय देवेन्द्र नेपालले २० रोपनी जग्गामा रिसोर्ट निर्माण गरिरहेका छन् । ढुंगा र माटोको जोडाइमा भूकम्पप्रतिरोधी रिसोर्ट भवन निर्माण गरेको नेपालले बताए ।

थाहा नगरपालिका–९ चित्लाङमा विगत ४ वर्षदेखिउनले स्कुलको जग्गा भाडामा लिएर अर्गानिक रिसोर्ट सञ्चालन गर्दै आएका थिए । अहिले आफैँले जग्गा खरिद गरेर भवन निर्माण गरेर रिसोर्ट सञ्चालन गर्न लागेका हुन् । ‘नयाँ वर्षको सुरुवातसँगै चित्लाङ रिसोर्ट सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माणगरिरहेका नेपालले भने, ‘आन्तरिक एवं बाह्य पर्यटकलाई नयाँ वर्षसँगै नयाँ स्वाद र बास दिने तयारी गरेका छौँ ।’

नेपाल पर्यटन बोर्डले तीन वर्षअघि चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेको थियो । विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको संगम रहेको चित्लाङमा अशोक सम्राट्ले निर्माण गरेको अशोक चैत्य रहेको छ । चैत्यको अवलोकन गर्न चीन, तिब्बत लगायत विभिन्न मुलुकका बौद्धमार्गीसमेत आउने गरेका छन् । थानकोटबाट १२ किलोमिटरको दूरीमा रहेको चित्लाङमा १२होमस्टे छन् । निर्माणाधीन चित्लाङ रिसोर्टसहित चार रिसोर्टछन् । स्वच्छ र चिसो हावापानी रहेको चित्लाङमा फागुन महिनादेखि आन्तरिक एवं बाह्य पर्यटक आउने गर्छन् ।

‘अब चित्लाङमा पर्यटक आउने सिजन सुरु भयो,’ गुर्जुधारा होमस्टेका सञ्चालक एवं स्थानीय समाजसेवी बुद्धरत्न मानन्धरले भने, ‘जति गर्मी बढ्दै जान्छ, त्यतिकै अनुपातमा चित्लाङमा राहतका निम्ति पर्यटक आउने गर्छन् ।’ सधैँ चिसो र ठण्डा हुने चित्लाङमा थानकोटबाट केबलकार, हलुका सवारीसाधन वा पैदलै पुग्न सकिन्छ । शुक्रबार र शनिबार यहाँका होमस्टे र रिसोर्ट भरिभराउ हुने गर्छन् । यहाँका अधिकांश होमस्टे र रिसोर्टले पाहुनालाई अर्गानिक वस्तु मात्र खान दिन्छन् । थानकोट–चन्द्रागिरि केबलकार सञ्चालन भएपछि चित्लाङ आउने पर्यटकको संख्या बढेको हो । पर्यटक बढेका कारणले गर्दा यही वर्ष मात्र चित्लाङमा ५ वटा होमस्टे र २ वटा रिसोर्ट थपिएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)