Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङमा कृषि लगत संकलन गरिने

Thaha-Agrooooooo-1588260455.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर १० मा हाल उत्पादन भैरहेको हरियो तरकारीको विवरणसहित कृषि लगत संकलन गरिने भएको छ । १८ वैशाखमा वडा कार्यालयमा जनप्रतिनीधि, कृषि सहकारी, कृषक समूह तथा कृषकहरुको भेलाले उत्पादित तरकारीको विवरणसहित कृषि संकलन गरिने भएको कृषि प्राविधिक कमला सुवेदीले जानकारी दिइन् । 

थाहा–१० का वडा अध्यक्ष हिरा बहादुर गमालको विशेष उपस्थितीमा भएको बैठकले वडा नम्बर १० मा उत्पादित तरकारीको विवरण संकलन गर्ने भनिए पनि ९ नम्बर वडाको समेत विवरण संकलन हुने प्राविधिक सुवेदीले बताइन् । तरकारीको विवरण संकलन गर्नको लागि थाहा नगरपालिका कृषि विकास शाखाले फरम्याट बनाएको संयोजक संजय तिवारीले बताए । १९ वैशाखबाट विवरण संकलन कार्य हुने थाहा नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादित तरकारी बजारसम्म पु¥याउन नसकेपछि किसानहरुले तरकारीको विवरण संकलन गरिदिन माग गर्दै आएका थिए । यससंगै नगरपालिकाले कृषकहरुलाई वार्षिक रुपमा आवश्यक पर्ने कृषि मल, बीउ, बाली, जात लगायतको विवरण संकलन गर्न लागिएको जनाइएको छ ।

थाहा–१० मा भएको बैठकमा वडा अध्यक्ष गमाल, उज्वल भविष्य कृषि सहकारी संस्थाका अध्यक्ष मंगललाल गोपाली, भालेश्वर कृषि सहकारीका अध्यक्ष कर्ण गोपाली, १० नम्बर वडाका विभिन्न ८ वटा कृषक समूहका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०