Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङको हिमाली डाँफेले राख्यो प्रत्येक धारामा साबुन

Ramkkkkkkkkk-1585066721.jpg

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट सचेत हुन मकवानपुर थाहा नगरपालिको हिमाली डाफे युवा क्लवले धाराहरुमा साबुनको व्यवस्था गरेको छ । थाहा नगरपालिका वडा नम्बर १० ले आफ्नै गाउँ क्षेत्रमा रहेको सम्पुर्ण धाराहरुमा हात धुने सावुन राखेको हो ।

क्लबका उपसमितिका अध्यक्ष राजन थापा, थाहा १० का वडा सदस्य रामकृष्ण गमाल, चम्पाकेश्वोर आधार भुत विधालयका व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर गोपाली उक्त क्लबका सदस्यहरु कृष्ण बस्नेत, वैकुण्ठ थापा, गणेश थापा दिनेश थापालगाएतका अन्य सदस्यहरुले बालबालिका देखि ज्येष्ठ नागरिकहरुले हात धुने तरिका समेत सिकाएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०