Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङको चम्पाकेश्वर मन्दिर परिसर सरसफाइ

थाहा नगरपालिका वडा नम्बर १० मा रहेको चम्पाकेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरिएको छ । 

थाहा–१० स्थित विसिङ्खेलका र वडाका अन्य स्थानीयहरु तथा श्री नम्बर ७ बाहिनी अड्डा ७ सिग्नल गुल्म तथा मध्ये पृताना शिक्षालयको समेत सहभागितामा सरसफाई गरिएको हो । 

यसैबीच सरसफाई कार्यक्रमको अवसरमा वि.सं. २०६० सालमा लगाइएको श्रीमद् भागवत महायज्ञको दाताहरुको शिलालेखमा नामावली प्रकाशनको कार्यत्र समेत भएको संयोजक तथा थाहा–१० का वडा सदस्य रामकृष्ण गमालले जानकारी दिए । थाहानगरमा नै सबै भन्दा अग्लो त्रिशुल स्थापना गरिएको चम्पाकेश्वर मन्दिर परिसरमा उक्त त्रिशुल राख्नको लागि सहयोग गर्ने दाताहरुको पनि छिट्टै शिलालेख राखिने गोपालीले बताए ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०