Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका मनकारी घरधनी, जस्ले गरे तीन महिना घरभाडा नलिने घोषँणा

chitlang-1584772719.jpg

 कोरोना भाइरस (कोभिड १९)को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि  सरकारले पनि विभिन्न पहल गरिरहेको छ ।

कोरोना सन्त्रासले सर्वसाधारण गाउँ फर्किरहेका छन् । तर, काठमाडौँका  एकजना मनकारी घरधनीले कोठा भाडामा बस्नेलाई तीन महिनाको भाडा छुट दिने घोषणा गरेका छन् । मकवानपुरको चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको घरको चार वटा कोठामा बस्ने चार परिवारलाई तीन महिनाको कोठा भाडा नलिने बताएका हुन् ।

देश संकटमा परेका बेला कोठा भाडामा बस्नेहरुलाई भाडामात्र छुट दिंदा पनि केही राहत होस् भनेर परिवारसँगको सल्लाह अनुसार भाडा नलिने निर्णय गरेको लामिछानेले  बताए । उनले आफु पनि भाडामा बसेर दुस्ख भोगेर आएको बताउदै  भने( ‘दुखको बेलामा मानवीय कर्तव्य पुरा गर्ने खोजेको मात्र हो । मैले कुनै प्रचारको लागि फेसबुकमा स्टाटस लेखेको होइन । छुट दिएर नै लेखेको हुँ ।’ उनले थपे,  “मैले लेखेपछि सबैले सेयर गरिदिए । यस्तो सन्त्रास फैलिएको बेलामा यो मानवीयताको लागि मात्र गरेको हो ।” उनले भने । उनले सहजरूपमा मास्क उपलब्ध भए ५ हजार थान मास्क बाड्ने योजना रहेको समेत बताए  ।

आज विहानदेखि उनको फेसबुक स्टाटस सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । उनको स्टाटस शेयर गर्नेहरूले उनको कामको प्रशंसा गर्दै अरूले पनि उनीबाट अरूले पनि सिक्नुपर्ने बताएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०