nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङका पर्यटन व्यवशायी नेपाललाई ‘एशियन एक्सिलेन्स अवार्ड’

Awardddddd-1582820202.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङका पर्यटन व्यवशायी देवेन्द्र नेपालले ‘एशियन एक्सिलेन्स अवार्ड–२०२०’ पाएका छन् । विभिन्न पाँच देशका पर्यटन व्यवशायीहरु मध्ये चित्लाङका देवेन्द्र उत्कृष्ट पर्यटन व्यवशायीका रुपमा घोषित भएपछि अवार्ड पाएका हुन् । 

भारतको दिल्लीमा लाइभ २४ ले आयोजना गरेको कार्यक्रममा सिंगापुर, भेतनाम, मलेशिया, नेपाल र भारतका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई अवार्ड दिइएको थियो । देवेन्द्रले चित्लाङमा अर्गानिक एण्ड इको रिसोर्टका रुपमा संचालनमा ल्याइएको रिसोर्टको कन्सेप्ट, प्रोफाईल, लगानी र पर्यटनमैत्री व्यक्तित्वलगायतको आधारमा अवार्ड पाएका हुन् । नेपालबाट अवार्डका लागि सार्क फाउण्डेशनले विभिन्न विधाका उत्कृष्ट पाँच जनालाई मनोनयन गरेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले जानकारी दिए ।

भारतमा भएको कार्यक्रममा लाइभ २४ बाट अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै यसले नेपाल भ्रमण वर्ष २०२० का लागि समेत अन्तराष्ट्रिय जगतमा राम्रो सन्देश गएको व्यवशायी नेपालले बताए । विभिन्न पाँच देशका मन्त्री तथा सरकारी उच्चपदस्त कर्मचारीहरुका माझ नेपालको पाँचै देश मध्येबाट उत्कृष्ट पर्यटन व्यवशायी अवार्ड पाउँदा ति देशहरुबाट समेत नेपाल भित्रने पर्यटक बढ्ने उनले विश्वास गरेका छन् । पर्यटन व्यवशायी नेपालले चित्लाङमा सन् २०१० देखि चित्लाङ अर्गानिक भिलेज रिसोर्ट संचालन गर्दै आएका छन् । उनी चित्लाङका पर्यटन प्रवद्र्धकका रुपमा चिनिदै आएका छन् ।

लाइभ २४ ले वर्षेनी भिन्दा भिन्दै ३० विधामा फरक–फरक देशमा कार्यक्रमको आयोजना गरी अवार्ड दिने गरेको छ । पछिल्लो वर्ष नेपालको काठमाण्डौमा एशियन एक्सिलेन्स अवार्ड कार्यक्रम भएको थियो भने त्यसअघि मलेशियामा भएको थियो । 


 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।