nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चितवनमा युवकको शव फेला, नजिकै भेटियो गोलीको खोका

IMG_20210722_114612-1626933960.jpg

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ ।

डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो ।

सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएको छैन ।

मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)