Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चार महिने शिशुसहित थप १६ जनामा कोरोना संक्रमण

test-1591175611.jpg

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले संक्रमितको संख्या २ सय ७८ पुगेको जानकारी दिए । 

कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको डा। तिवारीले बताए । संक्रमित हुनेमा कालिकोटका चार महिने शिशुसहित ७ जना, सल्यानका दुई जना, दैलेखका ७ जना रहेका छन् । 

कालिकोटको महाबै गाउँपालिका–२ का २२ वर्षीय पुरुष, वडा नम्बर ४ का ४ महिने शिशु र २८ वर्षीय, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाँता गाउँपालिका ७ का  ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिका २ का २० वर्षीय महिलामा कोरोना पुष्टि भएको  हो । 

यस्तै सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । त्यसैगरि दैलेखको नारायण नगरपालिका २ का २०, २४, २५, २५, ३०  वर्षीय पुरुष, दुल्लु नगरपालिका २ का १७ वर्षीय पुरुष र नौमूले गाउँपालिका ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०