Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाको खाद्यन्न सेन्टरमा शिल

shill-1588227333.jpg


 कम तौलको चामल बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सम्मिलित बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. २ प्रभाकरपथमा रहेको मणि खाद्यन्न सेन्टरको एउटा वटा गोदाममा सिल गरेको छ । मकवानपुरको हेटौंडा संगै गाउँ गाउँका पसलमा कम तौलका चामलका बोरा संगै महगो मुल्यमा खाद्यान्नका सामान बिक्री गरेको उपभोक्ताले गुनासो गरेका छन् ।

हेटौंडाका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाल, घरेलु कार्यालय हेटौंडाका प्रमुख जगनाथ दाहाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने, उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडालगायतका टोलीले सो सेन्टरमा सिल लगाएको हो । जगत ब्राण्डको २५ केजीको चामलको बोरा जोखेर हेर्दा सो बोरामा आधा किलोसम्म तौल कम भएको पाइएको थियो । अनुगमन टोलीले ६ वटा बोरामा नमूना तौल गरेको थियो । ६ वटै बोरामा आधा किलोसम्म तौल कम भेटिएकाले टोलीले शिल लगाएको उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु प्रसाद खतिवडाले वताउनुभयो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०