Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चर्चित र्‍याप गायक यमबुद्ध झुण्डिएको अबस्थामा

 लण्डन । यमबुद्धका नामले चिनिने नेपालका चर्चित र्‍याप गायक अनिल अधिकारीको निधन भएको छ ।

 हाल लण्डनमा रहेका अधिकारी स्थानीय समयअनुसार शनिबार बिहान साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका थिए । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने लण्डनमा रहेका अधिकारीका साथीहरुले जानकारी दिएका छन् । हाल उनको नेपालस्थित परिवारसाग सम्र्पक भइरहेको र उनको शवलाई नेपाल लैजाने वा नलैजाने भन्ने बिषयमा यकिन भइनसकेको उनीहरुले जानकारी दिए । २९ बषिर्य अधिकारी आफ्ना फ्यानहरुवीच यमबुद्धका नामले परिचित थिए । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । उनले केही महिनापछि नयाँ एल्बम ‘खतरा’ निकाल्ने तयारी गरिरहेको बताइएको छ ।